कैलालीको गोदावरी -४ बुढितोलामा रहेको लक्ष्मी माविमा भूकम्प प्रतिरोधी भवनको हस्तान्तरण तथा समुद्घाटन

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बुढितोलामा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा चार कोठे पक्की भवनको उद्घाटन गरीएको छ । भूकम्प प्रतिरोधात्मक नमूना विद्यालय भवन हस्तान्तरण तथा समुद्घाटन कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले पानसमा दियो, शिला पत्र पढेर र रिबन काटेर समुद्घाटन गरेका छन् ।

बुढीतोलाको लक्ष्मी माध्यमिक विद्यालयमा GEOHAZARDS INTERNATIONAL र NSET को आर्थिक लगानीमा (रु. ७३,३५,७१७ निर्माण लागत र जम्मा निर्माण खर्च ६१,११,३३१) बनेको विद्यालय भूकम्प सुरक्षा कार्यक्रम बाट बनाइएको भवनमा भुकल्प प्रविधि राष्ट्रिय समाज-नेपाललें प्राविधिक सहयोग गरेको हो।

CP Hospital Dhangadhi

गोदावरी नगरपालिकाका प्रमुख विरेन्द्र भट्टलेले बुधबार भवनको उद्घाटन गरेका हुन । नगरपालिकाले सन्चालन गरेको नमुना विद्यालय कार्यक्रम अन्तरगत विद्यालयको ४ कोठे भूकम्प प्रतिरोधी भवन निर्माण सम्पन्न भई उदघाटन भएको छ ।

यस क्षेत्रमा रहेका स्थानिय जनतालाई भूकम्प प्रतिरोधी सुरक्षित भवन निर्माण तालिम दिई उहाँहरुलाई नै श्रमिकको रूपमा काम गराइ २ तले पक्की भवन निर्माण सम्पन्न भएको GEOHAZARDS INTERNATIONAL का निर्देशक श्रेष्ठले बताए ।

Attariya Hospital


कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख विरेन्द्र भट्टले गोदावरीको बुढितोला लाई पर्यटकीय क्षेत्र बनाउने गृहकार्यमा लागेको बताए । यस क्षेत्रमा जनप्रतिनिधि सहित नगर प्रमुख विरेन्द्र भट्ट प्रेदेश सरकार संग बुढीतोला समग्र विकासका लागि यस क्षेत्रमा २ बिघा जमिनको खोजीमा रहेको बताए ।

nawajiwan

कार्यक्रममा गोदावरी नगरपालिकाकी उप प्रमुख शारदा देवी रोकाया, गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरी भट्ट, गोदावरी नगरपालिका प्रवक्ता तथा वडा न १ का अध्यक्ष गोपाल दत्त भट्ट, वडा नं ४ का अध्यक्ष हेम प्रकाश मल्ल, GEOHAZARDS INTERNATIONAL का पदाधिकारी, लगाएत लगायत अभिभावक, शिक्षक, विद्यार्थी , बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको सभापति यस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र रोका मगर थिए।

कार्यक्रमको शुभकामना मन्तब्य विद्यालयका प्रमुख लक्ष्मण सिंह कठायतले गरेका थिए भने कार्यक्रमको सञ्चालन कलावती उपाध्यायले गरेकी थिइन्।