
अत्तरियाः कैलालीको गोदावरी नगरपालिकामा रहेको बुढीतोला क्षेत्रलाई पर्यटकिय क्षेत्र बनाउन गृहकार्यमा लागेको गोदावरी नगरपालिकाको नगर प्रमुख बिरेन्द्र भट्टले बताए ।

बुधबार बुढितोलामा लक्ष्मी माध्यमिक बिद्यालयमा भूकम्प प्रतिरोधी भवनको हस्तान्तरण तथा समुद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले बताए ।

यस क्षेत्रका वडा सदस्य, वडा अध्यक्ष सँगै नगर प्रमुख विरेन्द्र भट्ट प्रदेश सरकार संग बुढीतोलाको समग्र विकासका लागि प्रदेश सरकार संग कुरा गर्दै गर्दा यो ठाउँ भौगोलिक बिकटता भएको ठाउँ छ, अत्यन्त सम्भावना भएको ठाउँ छ, हावापानी राम्रो छ, केही दुरीको टाढामा अत्तरिया पर्छ, यस क्षेत्रलाई शिक्षाको हबको रुपमा पनि विकास गर्न सकिने बताए । यस क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा किन बिकास न गर्ने भनेर प्रदेश सरकार सँग कुरा गर्दै गर्दा उहाँले भन्नु भयो ।
कम्तीमा पनि २ बिघा जग्गा हामीले पाउन सक्यौ भने त्यो सम्म जाने पिच बाटो, सौचालयको ब्यवस्था, घर निर्माण गरेर पर्यटकहरुलाई यस बुढीतोला क्षेत्रमा भित्र्याउने, जस्मा ईन्डियन तिर प्रसस्त मात्रामा आउने पर्यटकलाई भित्र्याउन सकियो भने, उहाँहरुले सोचेको सुविधा सम्पन्न गराउन सकियो भने पर्यटकिय क्षेत्रको रुपमा बिकास हुनेमा दुई मत नरहेको बताए । साथै यो योजनाप्रति प्रदेश सरकारको पनि ईन्ट्रेस्ट भएकोले हामीले २ बिघा सरकारी जग्गा उपलब्ध गराउन सकियो भने आउने आर्थिक बर्षको बजेटबाट बजेट बिनियोजन गर्ने समेत भट्टले उद्घोष गरे ।
गोदावरी नगरपालिकाका वडा न. ४ र १२ का अत्यान्त बिकट क्षेत्रका रुपले चिनिने वडाको विकासका लागि पालिकाको स्रोत र साधनले केही काम गर्न नसकिने अबस्था छ । अत्तरिया बजारबाट धेरै दुरीमा रहेको ठाउँ पनि हैन, १२-१५ किलोमिटरमा रहेको राम्रो हावापानी भएको ठाउँ हो । यो क्षेत्र शिक्षाका लागि राम्रो हुन सक्छ, यही क्षेत्र पर्यटकिय क्षेत्रको लागि अति राम्रो हुन सक्छ।
बिशेष गरी यो पहाडी क्षेत्र , भौगोलिक बिकटता, यहाँ सामान्य परिवारका मान्छे छन, उच्च शिक्षाका लागि आफ्ना नानी बावुलाई पाल्न नसक्ने अवास्थाका देखिन्छन । यस क्षेत्रमा दलित र जनजाती समूदायका बालबालिकालाई असहज नहुने गरी पठन पाठनमा समस्या नरहोस भनि बुधबार लक्ष्मी माध्यमिक बिद्यालयको हस्तान्तरण तथा भवनको उद्घाटन गरेको मेयर भट्टले बताए ।
कुनै ठउँको विकासका लागि निर्वाचित जन प्रतिनिधिले मात्र एकल रुपमा केही गर्न सक्दैन त्यसैले तपाई हामी सबैको हातेमालो हुन जरुरी रहेको बताए । शिक्षामा गुणस्तर बढाउन तपाईहरु सबैको समर्थन हुन आवश्यक रहेको बताए ।

पछिल्लो समयमा ४३२ वटा नगरपालिकालाई छनौट गर्दा सुगुम पालिकामा पनि बिद्युतीकरण गरेर चर्चा बटुल्यो भन्लान, समस्या नै तेस्तै थियो, गाउँ बस्तीमा अध्यारोमा रात बिताईरहेका जनताको अनुहारमा खुसी ल्याउनका लागि भए पनि विकासका लागि आफू खटिरहेको बताए ।
प्रदेश राजधानी गोदावरी भनि दुई तिहाई बाट गोदावरीमा नै हुन्छ भन्ने थियो, तर अझै बन्न सकेको छैन । केही दिन अगाडी वडा न. ४ र १२ मा बिद्युत लाई शल्ली चाप, नाईल, फुबबस्ती, बेलपानी, गैरीगाउँ आदी ठाउँमा बिद्युत जडान गरी झिलीमिली बनाउने प्रयास भएको छ । विकास एकै पटक जादुको छडी झै बन्दैन प्रक्रियागत रुपमा हुने बताए ।
यसै लक्ष्मी माबि स्कुलमा विल्ड अन नेपालको सहयोगमा ४ कोठे भवन निर्माण भई सकेको अबस्थामा छ, उक्त भवनको फिनिसिङका लागि हामीले सधै सहकार्य गर्ने समेत बताए ।
यस क्षेत्रमा धेरै संख्यामा अब्यवस्थित बसोबास भएका मानिसहरुको बसोवास देखिन्छ, हामी केही दिन (१०-१५ दिनमा) नाप जाचका लागि कर्मचारी खटाई काम अगाडी बढाउने बाचा समेत गरे ।
हाम्रो दिर्घकालिन योजनालाई अगाडी सारियो भने गोदावरीको विकास र संबृद्धीका लागि हामीले टाढा जानै नपर्ने समेत बताए ।
सम्बन्धित समाचारः-































