इडिसी डोटीको नयाँ कार्यसमितिद्वारा सपथ ग्रहण

Image
Nisarga Hospital

डोटी: सम विकास केन्द्र (इडिसी) नेपाल डोटीको नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले विहीबार सपथ लिएका छन् ।

CP Hospital Dhangadhi

गएको पुस २७ गते सम्पन्न इडिसीको २६ औं साधारणसभा तथा अधिवेशनबाट निर्वाचित ९ सदस्यीय समितिले संस्थाको विधान बमोजिम पद तथा गोपनियताको सपथ लिएको हो ।

Attariya Hospital

नयाँ कार्यसमिति अध्यक्ष केशव परियारलाई अधिवेशनका निर्वाचन अधिकृत टेक बहादुर नेपालीले सपथ खुवाएका हुन् भने अरु पदाधिकारी र सदस्यलाई नव अध्यक्ष परियारले सपथ खुवाएको जनाइएको छ ।

nawajiwan

सिलगढीस्थित इडिसीको कार्यालयमै सम्पन्न सपथ ग्रहण कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष अधिराज बिसि लगाएत कर्मचारीहरुको सहभागिता रहेको थियो ।
इडिसी नेपाल २०५३ साल फाल्गुन २६ गते स्थापना भएको डोटीको सक्रिय गैरसरकारी संस्था हो ।