ढुंङ्गागिट्टी निकासीमा ठेकेदारलाई मुद्दा जिताउन तत्कालीन मेयरले प्रमाण लुकाए : नगर प्रमुख भट्ट

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले ठेकेदारलाई मुद्धा जिताउन नगरपालिकाका तत्कालीन मेयर हरिसंह साउँदले सहयोग गरेको बताएका छन् ।

CP Hospital Dhangadhi

नदीजन्य पर्दाथ संकलनको ठेक्का लिएको कम्पनीले जेठ २४ गतेसम्म नदीजन्य पर्दाथ उठाएको प्रमाण हुँदाहुँदै पनि अदालतमा पेश नर्गदा नगरपालिकाले मुद्धा हार्नु परेको र फलस्वरुप नगरको खाताबाट साढे चार करोड रकम काटीएको उनले बताएका छन् ।

nawajiwan

“२०७६ सालमा कोरोनाको समयमा ६ महिना नदीजन्य पर्दाथ संकलन गर्न पाएनौ,लिखीत सम्झौता अनुसारको रकम भुत्तानी गर्न सक्दैनौ भनेर ठेकदारले मुद्धा दायर गर्यो,हामी आउनुभन्दा पहिला नै जिल्ला अदालतमा मुद्धा हारिसकेको अवस्था थियो,विगत ६ महिनादेखी हामीले नदीजन्य पर्दाथ उठाउन पाएनौ,लिखीत सम्झौता अनुसारको पैसा तिर्न सक्दैनौ भनेर मुद्धा हालीएको छ तर जेठ मसान्तमा खोला बन्द हुन्छ जेठ २४ गतेसम्म नदीजन्य पर्दाथ उठाएको प्रमाण फेला परेका छन् भट्टले भने ।” ति प्रमाणहरु तत्कालीन मेयरले किन लुकाएर राखे?ठेकेदारलाई मुद्धा जिताउनको लागि? उनले प्रश्न गरे ।” ठेकेदारलाई मुद्धा जिताउनकैलागि तत्कालीन मेयरले भएको प्रमाण समेत अदालतमा पेश नगरेको उनको आरोप छ । साढे चार करोड रकम नगरकालागि अत्यन्तै ठुलो रकम भएको भट्टले बताए ।

Attariya Hospital

आज वडा नम्बर १० स्थीत खमौरामा सुरु भएको माघ महोत्सव उद्घाटन कार्यक्रममा बोल्दै भट्टले गर्नुपर्ने काम धेरै,बजेट कम भएको बताएका छन् । आफुहरु निर्वाचित भएर आईसकेपछी बजेटको अभाव झेल्नु परिरहेको उनले बताए । “गत वर्षपनि आर्थीक संकट भन्दै केन्द्रीय सरकारले बजेट फिर्ता लग्यो,यस वर्ष पनि झण्डै साढे चार करोडको मुद्धा हार्दा अदालतले हाम्रो खाताबाट बजेट तान्यो उनले भने २०७९ वैशाखमा हामी निर्वाचित भएर आईसकेपछी बजेट अभावका कारण धेरै कामहरु गर्न पाएका छैनौ ।”


आज वडा न. ३ र १० का खमौरा र दमौराका जनता, जहाँ गरीवीका रेखामुनी रहेका पहाडी, जनजाति सँगै दलित बस्तीको बाहुल्य रहेको बस्तीमा आज थारु एव् राना थारुहरुले गोदावरी नरपालिका भित्र रहेका भलमन्सा (बरघर)द्वारा आयोजित कार्यक्रमबाट सबै जातजातीको फुलबारीमा समेटीएको बातए ।

गोदावरीको खमौरामा माघ महोत्सव सुरु