खप्तडछेडेदह गाउँपालीका बाजुरामा बजार अनुगमन

Image
Nisarga Hospital

धनगढीः बाजुराको खप्तडछेडेदह गाउँपालीकामा पहिलो पटक बजार अनुगमन गरिएको छ। मापदण्ड अनुसार पसल चले नचलेको बरेमा पहिलो पटक  बजार अनुगमन  गरिएको हो।

CP Hospital Dhangadhi

गाउँपालीकामा १ नम्बरदेखि ७ नम्बर वडासम्मका करिव ३ सय किरान पसलमा गाउँपालिकाकी उपाध्यक्ष विशु देवी नाथको संयोजकत्वमा अनुगमन गरिएको बताइएको छ।अनुगमन टोलीमा उपप्रमुखसँगै जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, घरेलु कार्यालयका प्रतिनिधि, उद्योग वाणिाज्य संघका प्रतिनिधि, प्रहरी, गाउँपालीका प्रमुख प्रशासकीय अधिकृत र योजना शाखा प्रमुखलगायत सहभागी थिए। अनुगमनको क्रममा म्याद सकिएका, अवैध कारोबार गर्ने, अवैध सुर्तिजन्य बिक्री वितरण गर्नेलाई एक हप्ता पसल बन्द गराएर प्रक्रिया पुरागरेपछिमात्र सञ्चालन गर्न आग्रह गरिएको उपाध्यक्ष नाथले बताइन्।

Attariya Hospital

आगामी दिनमा नयाँ ब्यापार व्यवसाय गर्न चाहानेहरूलाई पनि उनले प्रक्रिया पुरा गरेरमात्र व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरेकी छन्। माघ ३ गतेदेखि बजार अनुगमन थालिएको थियो।

nawajiwan