धनगढीमा रहेको चैतन्य पाठशालाको अभिभावक भेला सम्पन्न

Image
Nisarga Hospital

धनगढीः धनगढीमा रहेको चैतन्य पाठशालाको अभिभावक भेला सम्पन्न भएको छ। भेलामा पाठशालाले आदर्श अभिभावक उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ। अभिभावक शिक्षा तथा चैतन्य आदर्श अभिभावक उत्प्रेरणा कार्यक्रमको अध्यक्षता विद्यालयका व्ययस्थापन समितिका अध्यक्ष इश्वर गिरीको अध्यक्षतामा सप्पन्न भएको हो।

CP Hospital Dhangadhi

कार्यक्रममा प्रमुख अतिथि चैतन्य इन्स्टिच्युट अफ म्यानेजमन्टका प्रमुख प्रशासकीय अधिकृत तथा चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशी रहेका थिए। चैतन्य आदर्श अभिभावक उत्प्रेरणा कार्यक्रमा बोल्दै प्रमुख अतिथि जोशीले चैतन्य पाठशालाले शिक्षासँगै संस्कारलाई प्राथमिकता दिँदै आएको बताएका छन्। उनले शिक्षाले संस्कार र संस्कारले शिक्षालाई जोड्ने पुलको काम गर्ने भएकाले शिक्षा र संस्कार हस्तान्तरणको काम विद्यालय र परिवारबाट हुनुपर्ने बताए।

Attariya Hospital

“शिक्षामा सुधार पढाइले मात्र नभएर पढाइसँगै विद्यार्थीका लागि सबैभन्दा बढी अतिरिक्त क्रियाकलाप गर्नेमा चैतन्य पाठशालाको नाम आउँछ। समाजको सुधारका लागि समाजका हरेक परिवेशमा रहेका बालबालिकालाई एक जुट बनाउनुपर्छ। व्यक्तिमा उन्नत विचार र चिन्तनको विकासका लागि शिक्षा संस्कारको उचित हस्तान्तरण हुनुपर्छ,“ जोशीले भने।

nawajiwan