
धनगढीः आफ्नो १४औँ जन्मदिनको अवसरमा प्रिन्स एस के ले मानवसेवा आश्रम धनगढीलाई सहयोग गर्नुभएको छ । धनगढी उप-महानगरपालिका ५ निवासी परोपकारी मानवता प्रेमी प्रिन्स एस के ले १४ गते आईतबार पर्न गएको आफ्नो १४ औँ शुभ जन्मदिनको अवसरमा आश्रमको सेवा कार्यलाई थप सरल एवम् सहज बनाउन १३ गते शनिबार रु १५,००० नखद सहयोग गरेको हो । हिमालयन गौरीशंकर डेन्टल क्लिनिक प्रालीका सञ्चालक रतन एसके र विमला चौधरी एसकेले आफ्नो छोरा प्रिन्स एसकेको जन्मदिनमा धनगढीमा रहेको मानवसेवा आश्रमका सहयोग गरेका छन् । छोरा प्रिन्सको जन्मदिनमा कोही नभएका र केही नभएका व्यक्तिहरुको सेवामा समर्पित हुँदै आईरहेको यस आश्रमलाई सहयोग गर्न पाउँदा आफुलाई आनन्दको महशुस भएको रतन एसके बताए ।

उनले यस मानवीय सेवाको कार्यमा आगामी दिनहरुमा पनि सहयोग गर्न प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । मानव सेवा परिवारले मानवीय सेवाको संयोजन गर्नुहुने आश्रमका शुभेच्छुक, शुभचिन्तक नवीन पनेरु लाई हृदयदेखि नै साधुवाद अर्पण गर्दै उपस्थित सम्पूर्ण महानुभावहरूलाई हृदयदेखि नै आभार प्रकट गर्दै सु(स्वास्थ्य ,दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको लागि भगवान् प्रार्थना समेत गरेको छ ।


































