
धनगढी ः कैलालीको गोदावरी आर्यघाटमा सरसफाई गरिएको छ । शनिबार नेपाल विद्यार्थी संघ गोदावरी नगरपालिका कार्यसमितिको आयोजनामा आर्यघाटमा सरसफाइ गरिएको हो । आर्यघाट दुर्गन्धित बनेपछि सरसफाइ कार्यक्रम गरिएको नेपाल विद्यार्थी संघ गोदावरी नगर सभापती दिल बहादुर बुढाथोकीले बताए । सरसफाइ कार्यक्रममा गोदावरि नगरपालिका नगर प्रमुख बिरेन्द्र भट्ट ,नेपाल बिद्यार्थी संघ केन्द्रीय सदस्य कुबेर खड्का ,नेपाली काङ्ग्रेस गोदावरी नगर सभापति वीर बहादुर चोखाल,नेपाली सेना, सशस्त्र प्रहरी लगायत नेपाल बिद्यार्थी संघका तमाम नेतागण,आस्थावान ,शुभचिन्तकहरुको उपस्थिति रहेको थियो।


































