बझाङको थलारा गाउँपालिकाका कार्यकारीको प्रसंसनिय कार्य

Image
Nisarga Hospital

बझाङः बझाङ जिल्लाको थलारा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतले यहाँका नागरीकहरुका लागी प्रसंसनिय कार्यका सुरुवात गरेका छन् । आम उपभोत्ताहरुको पिर मर्कालाई मध्यनगर गर्दै आर्थिक बर्ष २०८०।०८१ मा विभिन्न विकास निर्माणमा विनियोजीत गरेको रकमको सम्झौता गर्ने काम प्रत्येक वडामा पुगेर गर्नु भएको छ । जसले गर्दा यहाँका उपभोत्ताहरुलाई निकै सहज भएको छ ।

CP Hospital Dhangadhi

कार्यलयको काम बाहेकको अन्य विदाको दिन मिलाएर थलारा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सिद्धराज पण्डित वडा वडामा पुग्ने गरेका छन् । शनिबार मात्रै उनले थलारा गाउँपालिका वडा नम्बर ९ संग समन्वय र सहकार्य गर्दै वडा नम्बर ९ भित्र रहेका उपभोत्ताहरुलाई सहज बनाउनका लागी वडा कार्यलय मालुमेलामा पुगेर विभिन्न योजनाहरुको सम्झौता गरेको ९ नम्बरका वडा सचिब ज्ञान बहादुर विष्टले बताए । उनले भने ‘वडा नम्बर ९ मा रहेका सबै टोल गरेर २३ वटा योजना रहेका थिए । सबै योजनाहरुको सम्झौता वडामा नै भएको छ ।

nawajiwan

थलारा गाउँपालिका सम्म जान र आउनका लागी मात्रै एउटा उपभोत्ता समितीले ५ हजार देखी १० हजार सम्म खर्च गर्नु पर्ने हुन्थ्यो । प्रमुख प्रशासकिय अधिकृत सहितको टोली वडा कार्यलयमा नै पुगेर सम्झौता गर्ने काम गरेपछी एउटा उपभोत्ताहरु बाट झण्डै ८।१० हजार रकम बचत भएको र पालिकामा पुगेर जुन दुःख पाउनु पथ्र्यो त्यो दुःख पनी नपाएको बताए’।

उसो त उपभोत्ता समितीका पदाधिकारीहरु समेत वडा कार्यलयमा नै सम्झौता गर्न पाएपछी निकै खुःसि भएका छन् । तल्लो चौर देखी खाली सम्म बाटो पिसीसि उपभोत्ता समितीका अध्यक्ष प्यारु कामीले भने वडामा नै सम्झौता गर्दा निकै खुःसि लागेको छ । कुनै कागजात नमिलेर पालिका बाट फर्कीनु भन्दा हाकिम साप नै वडा कार्यालयमा पुगेर योजनाको सम्झौता गरि दिएपछी हामीले कुनैपनी दुःख पाएनौ । पालिकामा गएर सम्झौता गर्दा कुनै कागजात नमिलेको भएमा सम्झौता नगरेर नै रित्तो हात फर्कीनु पथ्र्यो । तर हाकिम यतै आएपछी यो कागज छैन, भनेपछी मिलाउन पनी सजिलो भयो । नजीकै घर भएका कारण अपुग कागजात ल्याउन पनी निकै सहज भयो ।

पालिकामा गए सबै काम आफैले गर्नु पर्ने हुन्थ्यो । वडामा त वरपर सबै चिनेजानेका ब्यक्ती भए, कसैलाई यस्तो काम गरीदेउ भन्दा पनी सजिलो भयो । वडामा सम्झौता गर्दा आफुहरुको योजनामा छुट्याएको रकम पनी बचत भएको उनले बताए । उनले खुःसि हुदै भने‘पालिकामा गयो भने गाडी भाडा खाना खर्च सबै गरेर १।२ हजार एक जनाको अनिवार्य खर्च हुन्छ । वडाबाट तल्लो चौर देखी खाली सम्म बाटो पिसीसिका लागी वडाले १ लाख १५ हजार रकम विनियोजन गरेको थियो । यस बाट सम्झौता गर्न खाता खोल्न र अन्य खर्च गर्दा १०।१५ हजार त खर्च हुन्थ्यो । विगतका बर्षहरुमा यस्तै भएको थियो । एक पटक गएर काम हुदैन थियो । पटक पटक पालिका धाउनु पथ्र्यो । तर अहिले पालिकाका हाकिम साप वडामा नै आएर सम्झौता गरी दिदा उपभोक्ताले दुःख पनी नपाएको र उपभोत्ताको खर्च पनी बचेको बताउदै, उनले हाकिम र जनप्रतिनिधीको खुलेर प्रसंसा गरे ।

Attariya Hospital


यो कार्यको थालनी वडा नम्बर ९ मा मात्रै नभई वडा नम्बर १, २,३, ४, ७ मा समेत प्रमुख प्रशासकिय अधिकृतको टोली वडामा नै पुगेर सम्झौता गर्ने काम सम्पन्न गरी सकेका छन् ।
थलारा गाउँपालिका वडा नम्बर १ बाट पालिकाको कार्यालय सम्म पुग्न एक दिन लाग्छ । एउटा सम्झौता गर्नका लागी उपभोक्ता समितीले २ हजार देखी २ हजार ५ सय सम्म प्रतिब्याक्ती खर्च हुन्थ्यो । वडा तथा पालिका बाट गाउँ तथा टोल विकासका लागी विनियोजन गरेको रकमको सम्झौता गर्नका लागी उपभोक्त समितीले सास्ती खेप्नु का साथै नगद समेत खर्च हुने गरेको थियो । एउटा उपभोक्ता समितीलाई एक पटक सम्झौता गर्न आए वाफत ५ हजार देखी माथि सम्म खर्च छुट्याउनु पर्ने बाध्यता थियो ।

कहिले काँही सम्झौता गर्न पालिका सम्म पुगेका उपभोक्ता समितीका पदाधिकारीले आवष्यक कागजात नपुर्याएका कारण पालिका बाट सम्झौता नै नगरी फर्कीनु रित्तो हात फर्कीनु पर्ने बाध्यातत्मक परिस्थिती हुन्थ्योे । जसका कारण उपभोक्ता समितीका पदाधिकारीहरुको दोब्बर खर्च हुनुका साथै सास्ति समेत खेप्नु पर्ने परिस्थिती थियो । कहिले काँही उपभोक्त समितीका पदाधिकारी सम्झौताकै लागी पालिका पुग्दा पालिकामा सम्झौता गर्ने पदाधिकारी तथा कर्मचारी नहुँदा समेत घर फर्कीनु पर्ने झण्झट हुन्थ्यो । अहिले पालिकाका प्रमुख प्रशासकिय अधिकृत सिद्धराज पण्डितको टिम वडामा पुगेर सम्झौता गरेपछी उपभोत्ताहरुले यस्ता झण्झट बाट छुटकारा मिलेको बताएका छन् ।

गाउँपालिकाको टिम वडा वडामा पुगेर उपभोक्ताहरुलाई थप सुविधा दिएको प्रति आफुलाई खुःसि लागेको त्रिभुवन माविका प्राधानाध्यापक धन बहादुर विष्टले बताए । उनले भने ‘कतिपय उपभोक्त समितीका पदाधिकारीहरुलाई कागजात मिलाउन पनी समस्या हुन्थ्यो । पालिका बाट सम्झौता गर्ने टिम वडामा पुगेपछी कुनै कागजात अपुग भए तत्काल ल्याउन र सच्याउन पनी सजिलो भयो । पालिकामा जानु परेमा सम्झौता नगरेर नै फर्कीनु पर्ने हुन्थ्यो त्यो झण्झट बाट पनी छुटकारा मिल्यो उनले सिहँदरबारको अधिकार गाउँ सम्म पुगेको अनुभुति उपभोत्ताहरुले गर्न पाएको बताए’ ।

उनिहरुले मात्रै नभई यहाँका आम उपभोत्ताहरुले यो कार्यले गर्दा ठुलो राहत पुगेको ९ नम्बरका वडा अध्यक्ष लोकेन्द्र बहादुर विष्टले बताए । सबै योजनाको वडा कार्यालयमा नै सम्झौता भएको बताउदै ‘पालिका बाट प्रमुख प्रशासकिय अधिकृत सहितको टोली वडा कार्यलय सम्म पुगेर सम्झौता वडामै गर्दा यहाँका नागरीकहरुले पाउने सास्ति नपाएको र आम नागरीक तथा उपभोक्ताहरुलाई निकै सहज भएको बताए ।साथै उपभोक्ताहरुको केही रकम र समयको बचत भएको बताए’ ।

यस्तै पालिकाले यस वडा कार्यालयमा मात्रै नभई वडा नम्बर १ र वडा नम्बर २ मा समेत वडा कार्यालयमा नै पुगेर सम्झौता सम्पन्न गरी सकेको प्रमुख प्रशासकिय अधिकृत सिद्धराज पण्डितले बताए । उनले भने ‘उपभोक्ताको पिर र मर्कालाई मध्यनजर गर्दै हामिहरुले वडामा नै पुगेर सम्झौता गर्ने भन्ने निर्णय गरेका हौ । उपभोक्ताहरु पालिकामा पुगेर सम्झौता गर्दा कहिले विभिन्न गागजात नलिएर आउने गरेका कारण अनाआवष्यक रुपमा उनिहरुलाई सास्ति दिनु भन्दा आफुहरुले वडामा नै पुगेर सम्झौता गर्न अनुरोध गरेपछी उपभोक्तांहरुलाई नै सजिलो भएको बताए । आम राष्टसेवक कर्मचारी र जनप्रतिनिधी जताको सेवाका लागी खटिने भएकाकारण हामीहरुले कुनै नौलो काम नगरी आफ्नो कर्तब्य मात्रै पुरा गरेको बताए ।

उनले यस पटक वडा मा नै पुगेर सम्झौता गरेका भए पनी विस्तारै वडामा नै पुगेर खाता खोल्ने, भुत्तानी दिने लगायतका कार्यपनी गर्न आफुहरु अघि बढ्ने बताए । एउटा उपभोत्ता समितीले सम्झौता गर्ने रकम नपाएर ढिला सम्झौता गर्ने, काम पनी ढिला गर्ने र असारमा मात्रै आएर काम सुरु गर्ने परिपाटीको अन्त्य गर्न समयमा नै सम्झौता गरेपछी काम पनी समयमा नै सकिने भएका कारण आफुहरुले यो कामको थालनी गरेको बताए । साथै उनले सिहँदरबारको अधिकार गाउँगाउँ आएको अनुभुती दिलाउने जिम्मा जनप्रतिनिधीको मात्रै नभएर आफुहरुको पनी जिम्मेबारी रहेको बताए । देशलाई संवृद्ध र खुःसी बनाउनका लागी कर्मचारी, जनप्रतिनिधी र आम नागरीक तथा उपभोत्ता नमिले सम्म पालिका तथा देश संवृद्ध नबन्ने बताए’ ।