
बझाङः जनश्रमदानको महाअभियान अन्र्तगत मष्टा गाउपालिका वडा नम्बर ५ मा वडा कार्यालय फिल्ड निर्माण कार्य आज बाट सुरु गरीएको छ । फिल्ड निर्माण कार्यका लागी जनश्रमदान अभियान वडा नम्बर ५ का वडा अध्यक्ष सुधन कठाएतको सहभागितामा सुरु भएको छ ।


फिल्ड निर्माण गर्नको लागी आर्थिक बर्ष २०८०÷८१ को लागी मष्टा गाउपालिका बाट १० लाख र स्वरोजगार कार्यक्रम मार्फत ५ लाख बिनीयोजन गरीएको थियो । उक्त फिल्ड निर्माण गनुपर्ने स्थानमा बर्खाको समयमा भासिने र पानीको भल पस्ने समस्या भएकाले बिनीयोजित रकम अपुग हुने भन्दै जनश्रमदान गर्न थालिएको वडा अध्यक्ष कठाएतले बताउनुभयो । जमिन भासिने खालको भएकाले धेरै नै काम गर्नुपर्ने तर बजेट कम भएकाले प्रत्यक टोल बासिले २ ÷२ दिन जनश्रमदान गरे काम रामे्रा हुने उहाको भनाइ छ ।


जनश्रमदान गर्न पाउदा स्थानीयहरु भने खुसी भएका थिए । आफनै वडामा फिल्ड बन्न थालेकाले अब हरेक सास्कृतीक र वडामा हुने कार्यक्रम गर्न सजिलो हुने जनश्रमदान कार्यक्रममा सहभागीहरुले बताएका छन् । उक्त श्रमदान कार्यक्रममा मष्टा गाउपालिका वडा नमबर ५ वडा अध्यक्ष सुधन कठाएत, लगाएत कार्यालयका कर्मचारी , कुल र गमवाडा टोलका स्थानीयहरुको सहभागीता रहेको थियो ।

वडा नमबर ५ भित्रका प्रत्येक टोलवासीले माघ १४ गते देखि २५ गते सम्म २÷२ दिन जनश्रमदान गर्नुपर्ने छ । श्रमप्रतिको सम्मान र विकास प्रति जनतालाई जोड्ने अभियानले मष्टा गाउँपालिकालाई समृद्धिमा जोड्ने विश्वास सहित मष्टा गाउपालिकाले यो अभियान सुरु गरेको हो ।
































