कञ्चनपुुरको बाँणीबाट एकजना बालक बेपत्ता

Image
Nisarga Hospital

धनगढी ः कञ्चनपुुरको बाणीबाट एकजना बालक वेपत्ता भएका छन । धनगढीको त्रिनगर माविमा कक्षा ८ मा अध्ययनरत १४ वर्षका ओमप्रकाश जोशी एकै छिनमा आउछु भनेर घरबाट निस्केका र बेलुकी घर नफर्केका आफन्तले बताएका छन । आईतबार दिउसो खाना खाएर घरबाट निस्केका उनी बेपत्ता भएका हुन ।

CP Hospital Dhangadhi
Attariya Hospital

ओमप्रकाश की आमा साबित्री जोशीले प्रहरी चौकी बाँणी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा निबेदन दिएको बताईन । बाँणी प्रहरीले, दिउसोको समयमा ओमप्रकाश साईकल हाईसमा राखेर महेन्द्रनगरतिर गएको सिसि क्यामेरामा देखिएको बताएको छ । उनको मोबाईल ट्रयाक गर्दा उनी आईतबार बेलुुकी दोधाराचाँदनीमा देखिएको आफन्तले जनाएका छन । घरबाट महेन्द्रनगर समेत नगएका ओमप्रकाश दोधाराचाँदनी पुुगेपछि आफन्तहरु चिन्तित बनेका छन । बाँणी घर भएका ओमप्रकाश धनगढीको फाया नेपाल लाईनमा आफन्तसँग बस्ने र ३ दिनको स्कुल विदा भएकाले शुक्रबार बाँणी स्थित घर गएका थिए ।

nawajiwan