
बझाङः थलारा गाउँपालिका २ मा बाघले आक्रमण गरेर एकै घरका ११ वटा बाख्रा मारेको छ । थलारा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा कफल काँडाका स्थानिय रबिन्द्र खातीका ११ वटा बाख्रा बाघको आक्रमणबाट मारेका हुन् । जसमा १ बोका ,६ बाख्रा, २ खसि र पाठा-२ रहेका छन् ।

शनिबार बिहान ११ बजेको समयमा कालापानि बिसौनाको जङ्गलमा चराउन लगेका १८ वटा बाख्रा मध्य ११ बाघले मारेको पिडितलाइ उदृत गदै जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दिपेश चौधरीले बताउनुभयो ।

एउटा घाईते र ६ वटा बाख्रा सकुसल रहेका छन् । बाघले ११ बाख्रा मारेपछि वडा अध्यक्ष खातीको झन्डै २ लाख बढिको नोक्सानी भएको जनाइएको छ । नजिकै जँगलमा बाघ देखिन थालेपछि स्थानीय त्रसित भएका छन ्।































