धनगढीमा नकुहिने फोहर वर्गीकरण गरेर बिक्री गरिँदै

Image
Nisarga Hospital

धनगढी ः धनगढी उपमहानगरपालिका बजार क्षेत्रका वडाबाट दैनिक २० देखि २५ टनसम्म फोहोर सङ्कलन हुँदै आएको छ । सङ्कलित कुहिने फोेहरबाट मल तथा बायो ग्यास उत्पादन हुँदै आएकामा नकुहिने फोहोर सूक्ष्म वर्गीकरण गरेर बिक्री गरिने भएको हो । झुरा कागज, कपी, कार्टुन, गत्ता, प्लास्टिक, बोतल, प्लास्टिकका गुडिया, सिसा, आल्मुनियम, टायर र ट्युबलगायत नकुहिने फोहर सङ्कलन गरी बिक्री गरिने उपमहानगरपालिकाले जनाएको छ ।

CP Hospital Dhangadhi
Attariya Hospital

नगरले बजार क्षेत्रका नौवटा वडाबाट सङ्कलन गरिएको फोहर सुक्ष्म वर्गीकरण गरेर बिक्रीका लागि तयार गरेको सरसफाइ व्यवस्थापन शाखा प्रमुख अशोक अवस्थीले बताए । धनगढी–२ मा एक बिघा जग्गा वार्षिक रु ८८ हजार आठ सय ८८ मा भायामा लिएर सूक्ष्म वर्गीकरण केन्द्र स्थापना गरिएको उनले जानकारी दिए ।

nawajiwan