
अत्तरिया : गोदावरी नगरपालिकाको अत्तरिया लामितालमा रहेको मैदानमा भएको महोत्सव सम्पन्न भयो । अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा सुदूरपश्चिम प्रादेशिक महोत्सव हरेक बर्ष सञ्चालन हुँदै आएको छ । यस पटकको महोत्सव विगत भन्दा फरक रह्यो । टिकटको विषयलाई लिएर अहिले सम्म विवादित छ । महोत्सवस्थल लामितालको स्तरोन्नती हुनु भन्दा पनि झन कुरुप भएको छ ।

अरु परेका कुरा हो महोत्सव सम्पन्न भएको दुई हप्ता वितिसक्दा पनि सरसरफाई समेत भएको छैन् । यसले गर्दा प्राकृतिक पर्यटकीय स्थल लामिताल कुरुप भएको छ । यसको सरसफाई गर्न कुनै पनि निकायको ध्यान गएको देखिदैन् । लामिताल वरपर प्लाष्टिक लगायतका फोहोरजन्य बस्ती भरिएका छन् । स्थानीयहरुले यसको विरोध जनाएको छन् । महोत्सव सञ्चालन गर्दा लाखौँ रुपैयाँ कारोबार गर्ने तर, लामिताल क्षेत्र सरसफाई गर्न नसक्नु कस्तो विडम्बना भन्दै प्रश्न गरेका छन् ।

स्थानीय समजसेवी समेत रहेका युवा शेरबहादुर विष्टले महोत्सव सञ्चालन भएको क्षेत्र चाडो भन्दा चाडो सरसफाई गर्न आग्रह गरेका छन् । ‘प्लाष्टिकजन्य वस्तु आफैँमा नसड्ने खालको फोहोर हो र यसको प्रदूषणले वातावरण र मानवीय स्वास्थ्यलाई पनि प्रतिकूल असर गर्ने भएकोले यसको तत्काल व्यवस्थापन गरिनुपर्दछ’, उनले भने । ‘सामान्य खर्चमा हुने कुरालाई महोत्सव सञ्चालन गर्ने निकायले वेवास्ता गर्न लाजमर्दो भएको छ ।’ फोहरको व्यवस्थापन गर्ने पहिलो दायित्व उद्योगवाणिज्य सङ्घ अत्तरियाको भएको उनले बताए । तर, नगरपालिकाले पनि यसमा पन्छिन चाहिँ नमिल्ने उनको भनाई रहेको छ । नगरमा सरसफाई गर्ने नगरपालिकाको पनि दायित्व भित्रपर्ने उनले सुझाए ।

नगरपालिकाले यसमा चासो लिनुपर्ने अर्को स्थानीय गोदावरी नगरपालिका–३ घर भएका लोकेन्द्र रावतले बताए । स्थानीय सरकारले महोत्सव सञ्चालन गर्ने अनुमती दिईसकेपछि त्यसलाई व्यवस्थापन गर्ने जिम्मा दिनसक्नुपर्ने उनले बताए । बर्षौदेखि उद्योग वाणिज्य संघको कार्यालयको स्तरोन्नतीका नाममा लगाउन जनताबाट लाखौँ रुपैयाँ संकलन गर्ने तर, सदुपयोग हुन नसकेको उनको भनाई रहेको छ ।
गोदावरी नगरपालिकाको मुख्य पर्यटकीय क्षेत्र मध्येको एक लामिताल परिसरमा महोत्सव अवधिमा डुङ्गा सञ्चालन समेत गरिएको थियो । दुर्गालक्ष्मी सामुदायिक वन भित्र पर्ने लामिताल नेपाली सेनाको भोगाधिकारमा रहेको जनाएको छ ।गएको पुस २६ देखि यहि माघ ७ गते सम्म लामितालमा महोत्सव सञ्चालन भएको हो । यस विषयमा अत्तरिया उद्योग वाणिज्य संघका प्रतिनिधिले केहिदिनमा सरसफाई हुने दावी गरेका छन् ।

































