दार्चुलाका एक किशोर ६ दिन देखि वेपत्ता

Image
Nisarga Hospital

धनगढी ः दार्चुलाको शैल्यशिखर नगरपालिका–६ स्थित धनसिंह रावलका १५ बर्षिय छोरा भुवनसिंह रावल ६ दिन देखि वेपत्ता भएका छन् ।
गत शनिबार घरदेखि हिडेका उनि बिहीबार सम्म सम्पर्कमा नआएका उनका दाजु बिरसिंह रावलले बताए । ‘उनि शनिबार दार्चुलाबाट अत्तरिया सम्म आएको सूचना पाइएको छ,’ उनका दाजु रावलले भने, ‘अत्तरियाबाट पैदल हुँदै कञ्चनपुर गएको आसंका गरिएको छ, तर हाल सम्म पत्ता लागेको छैन ।’

CP Hospital Dhangadhi
Attariya Hospital

उनले भुवनको खोजिकार्यका लागि प्रहरीलाई पनि जानकारी गराईसकेको बताए । दार्चुलाकै स्थानीय सामुदायिक विद्यालयको कक्षा ७ मा पढ्ने भुवन रावलालाई कसैले फेलापारे नजिकैको प्रहरी चौकी वा ९८४८९९४०७७ मा खबर गरी दिन उनका दाजु बिरसिंह रावलले आग्रह गरेका छन् ।
उनले आफ्नो भाई कञ्चनपुरको महेन्द्र नगर वा वेलडाँडीमा गएको हुन सक्ने अनुमान गरिएको बताए । उता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रबत्ता, प्रहरी नायव उपरिक्षक प्रकास डाँगीले रावल हराएको र कञ्चनपुरमै रहेको भन्ने खबर आएपछि सवै क्षेत्रमा खबर गरिएको बताए ।

nawajiwan