बाजुराबाट नेपालगञ्जतर्फ गइरहेको बस डडेल्धुरामा दुर्घटना

Image
Nisarga Hospital

धनगढी ः डडेल्धुरामा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। डडेल्धुराको स्याउलेमा बुधवार राति बाजुराबाट नेपालगञ्जतर्फ गइरहेको ना६ख ५४५० नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराले घाइतेमध्ये ४ जनाको अवस्था मध्यम रहेको र बाँकी सबै खतरामुक्त रहेको बताएको छ। घाइतेहरुको डडेल्धुरा अपस्तालमा उपचार भइरहेको छ। प्रेसर पाइप फुट्दा दुर्घटनाबाट जोगाउन चालकले बस नालीतर्फ लग्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले जानकारी दिए।

CP Hospital Dhangadhi
Attariya Hospital