
बझाङः निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति बझाङका अध्यक्ष दिनेश बहादुर धामीले जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ । धामीले आज जयपृथ्बी नगरपालिका ८ मा रहेको जालपा आधारभुत बिद्यालयमा अध्ययनरत ८१ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री अन्र्तगत कापी पेन्सिल वितरण गर्नुभएको हो ।


“विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दा उनीहरूमा आत्मविश्वास बढ्ने भएकाले मैंले गर्ने फजुल खर्चलाई कटाएर साना भाई बहिनीको शैक्षिक अभियानमा सानो सहयोग गरेको हुँ” नेपाल निजामती कर्मचारी सँगठन जिल्ला अध्यक्ष धामीले भन्नुभयो । साथै भड्रकिलो जन्मदिन लाई निरुत्साहित गरी सकिने सहयोग गरी मनाउन धामीले सबैमा आग्रह गर्नुभयो ।

शैक्षिक सामग्री वितरण गर्दा विद्यार्थीलाई हौसला मिलेको बताउँदै आगामी दिनमा पनि यस्तै रचनात्मक कार्यहरु तर्फ अग्रसर हुन बिद्यालय परीवारले सुझाव दिएका छन् ।
































