बैतडी जिल्लास्तरीय रनिङ शिल्ड: अहिलेसम्म सिगासले ४ स्वर्ण र ४ काश्य पदक जित्यो

Image
Nisarga Hospital

बैतडी:

CP Hospital Dhangadhi

बैतडी जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सिगास गाउँपालिकाले ४ स्वर्ण पदक र ४ काश्य पदक हात पार्न सफल भएको छ । मेलौली भगवती माताको खेलकुद मैदानमा शुक्रवार देखि सुभारम्भ भएको खेलकुदमा सिगास गाउँपालिकाले सो पदक हात पार्न सफल भएको हो ।

छात्रा तर्फ ३००० मिटर दौडमा प्रथम हुँदै शिवलिङ्ग मावि धौलाडीकी छात्रा देवकी कुमारी धामीले सिगास गाउँपालिका लाइ पहिलो स्वर्ण दिलाएकी थिइन । यस्तै छात्रा तर्फ १५०० मिटर दौडमा प्रथम हुँदै फेरि देवकी कुमारी धामीले दोस्रो स्वर्ण दिलाउन सफल भएको सिगास गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रमेश प्रसाद भट्टले जानकारी दिनुभयो ।

nawajiwan

यस्तै छात्र तर्फ १५०० मिटर दौडमा प्रथम स्थान हासिल गर्दै शिवलिङ्ग मावि धौलाडीका छात्र टेक सिंह बोहराले सिगास गाउँपालिका लाइ तेस्रो स्वर्ण पदक दिलाएका थिए । छात्रा तर्फ ८०० मिटर दौडमा प्रथम स्थान हासिल गर्दै शिवलिङ्ग मावि धौलाडीकै छात्रा मञ्जु धामीले चौथो स्वर्ण पदक दिलाउन सफल भएको प्रमुख भट्टले बताए ।

Attariya Hospital

यस्तै छात्रातर्फ कराँतेमा तृतीय स्थान हासिल गर्दै अर्जुन मावि गाँजरीकी छात्रा सिर्जना कुमारी धामीले सिगास गाउँपालिका लाइ पहिलो काश्य पदक दिलाउन सफल भइन् । छात्रातर्फनै कराँतेमा तृतीय स्थान हासिल गर्दै सोही विद्यालयकी छात्रा लक्ष्मी धामीले दोस्रो काश्य पदक हात पार्न सफल भएकी थिईन ।

यस्तै छात्रतर्फ कराँतेमा तृतीय स्थान हासिल गर्दै अर्जुन मावि गाँजरीका छात्र निरज धामीले सिगास गाउँपालिका लाइ तेस्रो काश्य पदक दिलाएका थिए भने छात्रतर्फ नै कराँतेमा तृतीय स्थान हासिल गर्दै सोही विद्यालयका छात्र दिनेश कुमार सिंहले चौथो काश्य पदक दिलाएका थिए ।

यो सँगै अहिले सम्म सिगास गाउँपालिकाले ४ स्वर्ण र ४ कास्य पदक गरी ८ पदक हात पार्न सफल भएको छ ।

Advertize US