दुई महिने आधारभूत ब्युटीसियन तालिम सम्पन्न

Image
Nisarga Hospital

धनगढी ः दुई महिने आधारभूत ब्युटीसियन तालिम सम्पन्न भएको छ । धनगढीमा बेरोजगार भएका युवा युवतीहरुले दुई महिने आधारभूत ब्युटीसियन तालिम लिएका हुन् । व्यवसाय विकास तथा परामर्श केन्द्रको धनगढीको आयोजना र धनगढी उपमहानगरपालिका – ३ को सहयोग तालिम सन्चालन भएको थियो ।

CP Hospital Dhangadhi

तालिममा ४० जना युवतिहरूलाई सहभागीता रहेको थियो । बिबिसी ट्रेनिङ सेन्टरका सञ्चालक झुम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धनगढीका उपप्रमुख कन्दकला कुमारी राना प्रमुख अतिथि रहेकी थिइन् । कार्यक्रममा धनगढी वडा नम्बर ३ का अध्यक्ष राज बहादुर ऐर, वडा नम्बर २ का अध्यक्ष धर्मराज ओझा, वडा नम्बर ३ का सदस्यहरू मिना सिंह र मन्जु मगरातीको उपस्थिति रहेको थियो । तालीममा सहभागीहरूले धनगढीबाट पाएको बेसिक तालीमले स्वरोजगार बन्न सहयोगी पुग्ने बताएका छन् । उनीहरूले तालिमपछि स्वरोजगार बन्न पनि पालिकाले सहुलियत गर्नुपर्ने उनीहरूले माग गरेका छन् ।

Dhnagadhi & Krishanapur