गेटाको सरस्वती मावि को ६५ औं वार्षिक उत्सव सम्पन्न ७ लाख बढी रकम क्षात्रवृत्री वितरण

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका वडा नं ५ गेटामा रहेको सरस्वती माविकाे ६५ औं वार्षिक उत्सव भव्यरुपमा सम्पन्न भएको छ ।

CP Hospital Dhangadhi

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीर्घ राज भट्टको सभापतित्वमा संचालित कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन भएको थियो ।

पछिल्ला समयमा यस विद्यालयले शैक्षिक गतिविधि सँग सङ्गै अतिरिक्त क्रियाकलाप तथा वैज्ञानिक आविष्कार अन्तर्गत ड्रोन, रोबोट, इलेट्रिकल बाइक समेत यसै विद्यालयका प्रशिक्षार्थी हरुले निर्माण गरेका छन्

nawajiwan

कार्यक्रममा बोल्दै नगरप्रमुख विरेन्द्र भट्टले भने, विद्यार्थीहरुको उज्जल भविष्य कोर्दै आएका विद्यालयहरुले पढाइ संग सङ्गै
कार्यक्रममा बोल्दै यस क्षेत्रमा रहेका सम्पूर्ण विद्यालयमा शैक्षिक गुणस्तर विकासका लागि लागि परेको बताए।

सामुदायिक विद्यालयको समस्या पहिचान गरी समाधानको लागि पहल गर्ने तथा पालिकाको थोरै बजेटमा पालिका भित्र रहेका अनेकन समस्यालाई समाधान गर्नु पर्ने नगरपालिकाको रहेको उनले बताए ।

Attariya Hospital

कार्यक्रममा विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक महादेव अवस्थीले विद्यालयमा हाल करिब २ हजार विद्यार्थी रहेको तथा कक्षा १२ सम्म अग्रेंजी तथा नेपाली भाषामा कक्षा सञ्चालन भईरहेको जानकारी दिए ।

विद्यालयमा अध्ययनरत विद्यार्थीले परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने, जेहन्दार तथा गरिबीको रेखामुनि रहेका विद्यार्थीलाई विद्यालयले क्षात्रविर्ती प्रदान गरिएको जानकारी प्रधानाध्यपक अवस्थीले जानकारी दिनुभयो ।

डाक्टर हेमराज जोशीले अमेरिका बाट ३ लाख ८२ हजार पाँच सय र यसै क्षेत्रका समाजसेवी, बुद्धिजीवी तथा अक्ष्याय स्थापना गरेकाहरुबाट आएको पैसालाई क्षात्रबिर्ती वितरण गरेको जानकारी निवर्तमान प्रधानाध्यापक सुरज थापाले जानकारी दिनुभयो।

२०१६ सालमा स्थापना भएको यस विद्यालयमा हाल २ हजार बढी विद्यार्थी र ६५ शिक्षक तथा कर्मचारी रहेको स्कूलको यस ६५ औं बार्षिक उत्सवमा कार्यक्रमको सञ्चालन यसै विद्यालयका शिक्षक मोहन देव मिस्त्रले गरेका थिए भने कार्यक्रमको स्वागत मन्तब्य यसै विद्यालयका निवर्तमान शिक्षक सुरज थापाले गरेका थिए ।

कार्यक्रममा शिक्षा विकास समिति कैलालीका वैकुण्ठ सुवेदी,
नेपाली काँग्रेस क्षेत्र नं ४ का सभापति ललित रोकाया, गोदावरी नगरपालिका वडा नं १ का वडा अध्यक्ष तथा नगर प्रबक्ता गोपाल गत्त भट्ट, लगायत समाजसेवी अभिभावक तथा शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती थियो।