भवानी माविको बार्षिक उत्सबः प्रवासी नेपालीद्धारा विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्त्रण

Image
Nisarga Hospital

बझाङः भवानी मावि माडौकाट्नेको ४९ औँ बार्षिक उत्सव एक भब्य समारोहक विच सम्पन्न भएको छ । बार्षिक उत्सवको अवसरमा विद्यालयले विभिन्न साँस्कृतीक कार्यक्रमका गर्नुका साथै छात्र छात्राहरु विच अन्तर विद्यालयलय बक्तित्वकला प्रतियोगिता समेत संचालन गरेको छ । बार्षिक उत्सवको अवसर पारी प्रवासी नेपालीहरुले विद्यालयलाई शैक्षिक सामाग्री तथा खेलकुदका सामाग्रीहरु हस्तान्त्रण गरेको छ ।

CP Hospital Dhangadhi

रोजगारी गर्नका लागी भारत पुगेका यहाँका स्थानीय बासिन्दाहरु मिलेर विद्यालयलाई टेन्ट, हार्मोनियम,तबला,घुङ्ग्रा, चिम्टा र भलिबल खेल्नका लागी घिर्नि पोल उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक शिबराज उपाध्यायले बताए । भारतमा रोजगारीका लागी काम गर्दै आएका स्थानीय समाजसेवि मिन बहादुर चलाउनेको नेतृत्वका भारतमा काम गर्दै आएका २९ जना प्रवासिहरुले चन्दा संकलन गरेर उक्त सामाग्री उपलब्ध गराएका हुन् । विद्यालयलाई झण्डै ४८ हजार ३ सय ३३ भारु रकम बराबरका सामाग्रीहरु विद्यालयलाई उपलब्ध गराएको उनले बताए । उक्त सामाग्री उनका आफन्तले विद्यालयलाई बुझाएका छन् ।

nawajiwan


अक्षकोष स्थापना
यस्तै बार्षिक उत्सवकै अवसरमा थलारा गाउँपालिका वडा नम्बर ७ का स्व.मन्धिरे रोकायाका नाती डम्मर रोकाया, शेर बहादुर रोकाया र चन्द्र बहादुर रोकायाको पहलमा विद्यालयमा स्व.मन्धिरे रोकाया अक्षकोषको स्थापना समेत गरीएको छ । तिनै जना मिलेर १ लाख १ हजार ५१ रुपैया बराबरको अक्षकोष स्थापना गरीएको हो । आज बार्षिक उत्सवको अवसरमा उक्त रकम बराबरको चेक विद्यालयलाई हस्तान्त्रण गरीएको थियो । केहि समय अघि भएको बाल दिवशको कार्यक्रममा यहाँका सामान्य परिवारका बालबासलकाहरुले आफुहरुको आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय छोड्नु पर्ने परिस्थिती आएको बताए पछी आफ्नो दिमागमा अक्षकोष स्थापना गर्ने उत्प्रेरणा जागेको चन्द्र बहादुर रोकायाले बताए ।

Attariya Hospital

अक्ष कोष बाट गरीब, टुहरा, दलित, अपाङ्गता भएका ब्याक्ती तथा अति विपन्न परिवारका बालबालिकाहरुलाई वभिन्न शैक्षिक सामाग्री, विद्यालयको ड्रेस उपलब्ध गराउने बताए । जसका कारण कापि, कलम, स्कुल ड्रेस नभएर विद्यालय आउन नपाउन बालबालिकाहरु नियमि विद्यालय आउने वातावरण बनाउनका लागी कोषको स्थापना गरीएको बताए ।
बािर्षक उत्सव कार्यक्रम समारोहमा यसै विद्यालयमा अध्यन गरेर राम्रो प्रगति गर्दै निजामति क्षेत्रमा अधिकृत सम्म पुगेको भन्दै भवानी माविले थलारा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सिद्धराज पण्डितलाई दोसल्ला, ढाँका टोपी सहित सम्मान र प्रसंसा समेत गरेको छ । कक्षा ४ देखी एस.एल.सि. सम्म यसै विद्यालयमा अध्यन गरेर अधिकृत सम्म पुग्नु भनेको विद्यालयको पढाईको गुणस्तर संग समेत दाँजीने र निजी विद्यालय र सरकारी विद्यालयको समेत तुलना गर्न सकिने भएका कारण आफुहरुलाई निकै खुःसी लागेको विद्यालयका प्रधानाध्यापक शिबराज उपाध्यायले बताए ।

उनले प्रमुख प्रशासकिय अधिकृतको काम कर्तब्य पनी निकै प्रसंसनिय रहेको बताए । प्रमुख प्रशासकिय अधिकृत पण्डितले आफ्नो ब्याक्तीगत तर्फ बाट विद्यालयलाई २५ पटा डेस्क बेन्च समेत उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे । विद्यालयमा डेस्क र बेन्चको अभाव रहेको जानकारी पाएपछी २५ वटा डेस्क र बेन्च आफुले विद्यालयलाई उपलब्ध गराउने बताए । कार्यक्रममा बोल्दै अधिकृत पण्डितले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागी अभिभावक, विद्यार्थि, स्थानीय सरकार , शिक्षक र अन्य सरोकार राख्ने ब्यक्तीहरुको उत्तीकै योगदान रहेको र सबैले चाँसो दिन जरुरी रहेको बताए । उनले प्रवासमा बसेर पनी विद्यालयलाई गरेको सहयोगको प्रसंसा समेत गरे । एक थुकी सुकी सय थुकी नदी भने जस्तै सबैले यसरी हातमालो गरेर एक जुट भएर जाने हो भने समाज परिवर्तन हुन कुनै समय नलाग्ने बताए ।


कार्यक्रमका प्रमुख अतिथी गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर रोकाया, विशिष्ट अतिथी पालिकाका उपाध्यक्ष राम बहादुर खातीले प्रवासमा बसेर जुन सहयोग गरेको छ । सहयोगीहरु धन्यबादका पात्र भएको बताउदै उनले यस्तो कार्य अन्य ब्याक्तीहरुले पनी सिक्न जरुरी रहेको बताए । यसरी हातेमालो गरेर सबै संगै जाने हो भने विकास र परिवर्तन हुन समन नलाग्ने बताए ।

यस विद्यालयमा जम्मा १ सय ८५ छात्र र २ सय १६ छात्राहरुअध्यनरत छन् । यस विद्यालयमा अध्यन गर्नका लागी अदुगालि, घोडादाउना, आठविस, गोठिगाउँ, पण्डित गाउँ, जोशि गाउँ, देबस्थिली, खडितोला, विस्खेत र कोईरालाकोट बाट विद्यार्थिहरु सहभागी हुने गर्दछन् ।