गोदावरी-३ मा नवज्योति ‌माविको नयाँ भवन नगरप्रमुख भट्टद्वारा उद्घाटन

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका वडा नं. ३ मालाखेतीमा रहेको नवज्योती माध्यमिक विद्यालयको नयाँ निर्मित भवनको नगरप्रमुख बिरेन्द्र भट्टद्वारा उद्घाटन गरिएको छ ।

CP Hospital Dhangadhi

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत छुट्याईएको ४५ लाख रुपैयामा विद्यालयको दुई तले ४ कोठे पक्कि भवन निर्माण सम्पन्न भएको छ । उक्त विद्यालयमा वडा नं. ३ का सबै स्थानका विद्यार्थीहरुका साथै वडा नं. २ का केही क्षेत्रका र वडा नं. १० का केही स्थानका विद्यार्थीहरु अध्ययनका लागी आउने गरेका छन ।

nawajiwan

नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले भवन उद्घाटन पश्चात बोल्दै गर्दा राष्ट्रपति शिक्षा सुधार कार्यक्रम अन्तरगत भवन निर्माण सम्पन्न भएको बताए । उनले विद्यालयमा विद्यार्थीको संख्या बढी भएको र भौतिक पुर्वाधार अभाव भएकाले एउटा चार कोठे भवन निर्माण गरिएको बताए । ‘पूर्व पश्चिम राजमार्ग र अत्तरिया बजार नजिकैको विद्यालय भएकाले विद्यार्थीको संख्या बढी छ’ उनले भने ‘विद्यालयमा भवन अभावको माग लिएर विद्यालय व्यवस्थापन समिति आएपछि हामीले सहयोग गरेका हौ ।’

Attariya Hospital

पालिका भित्र रहेका ५६ ओटा माध्यमिक बिद्यालयको अबस्था नाजुर रहेको तर केही गरौ भन्ने सोचका साथ अगाढी बढ्दा पालिका सँग प्रयाप्त बजेट समेत नभएकोले ईच्छ्या हुदा हुदै पनि यस गोदावरीका बिद्यालयमा भौतिक विकास गर्न सकेका छैनौ ।

पछिल्ला समयमा पालिकाका भित्र रहेका समादायिक बिद्यालयहरुमा बिद्यार्थीको संख्या दिनानुदिन घट्दै गईरहेकोले पालिकाको निति अनुरुप बिद्यालय समायोजनमा समेत जानु पर्ने अबस्था देखिएको बताएका छन । यस बिद्यालयलाई +2 सहित क्याम्पस बनाउनुको बिकल्पमा नजिकै रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस रहेको र अहिले चलिरहेको स्कुललाई ब्याबस्थित र गुणस्तिय बनाउन समेत सबैलाई आग्रह गरेका छन ।

वडा नं. ३ का वडाध्यक्ष तेजराज अवस्थीले विद्यालयमा भौतिक पुर्वाधार अभावको समस्या केही हदसम्म कम भएको बताए । आगामी दिनमा यस स्कुललाई ब्यबस्थित,  उच्च शिक्षा र प्राबिधिक शिक्षा ल्याउनमा जोड दिने बताए । उनले बजार नजिकै र एकान्त स्थानमा रहेको विद्यालय भएकाले निमावि सम्मकै अवस्थामा पनि विद्यार्थीहरुको संख्या बढी रहेको बताए । उनले मुख्य गरी छात्राहरुलार्ई विद्यालयमा अध्यापनका लागी एकदमै सहज भएको बताए ।

कार्यक्रममा गोदावरी नगरपालिका वडा न. ३ का वडा अध्यक्ष, शिक्षाप्रेमी, अभिभावक, बुद्दीजिवी, समाजसेवीको उपस्थिति रहेको थियो । कार्यक्रममा बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष चक्र नगरीको अध्यक्षतामा संचालित कार्यक्रममा अतिथिहरूलाई बिद्यालयकी प्रधानाध्यापक जानकी कुमारी साउदले स्वागत मन्तव्य दिनुभएको थियो।