पाेखराका अवस्थीकाे प्रेमपत्र प्रथम

Image
Nisarga Hospital

धनगढी : कैलालीकाे धनगढीमा आयाेजना गरिएकाे प्रेमपत्र प्रतियाेगिता २०८० मा पाेखराका रमेश अवस्थी प्रथम बन्न सफल भएका छन् ।

CP Hospital Dhangadhi

सुदूर चौतारीले प्रण्य दिवसकाे अवसरमा गरेकाे प्रेमपत्र प्रतियोगितामा अवस्थी प्रथम बन्न सफल भएका हुन् ।
प्रथम बनेका अवस्थीलाई रकम पाँच हजार एक सय रकम सहित पुरस्कृत गरिएकाे छ । उनलाई प्रज्ञा प्रतिष्ठानका उपकुलपति टिएन जाेशीले पुरस्कार राशी हष्तान्तरण गरे ।


प्रतियाेगितामा द्धितिय अत्तरियाका गणेश भट्टराई भए । उनले तीन हजार एक सय र तृतिय बनेकी ओखलढुङ्गाकि प्रिमला श्रेष्ठ नगद दुई हजार एक सय रकम सहित पुरस्कृत भए ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

प्रतियाेगिताका लागि ३० जनाकाे प्रेमपत्र समावेश गरिएकाे थियाे । जसमा बुधबार उत्कृष्ट १० जनाकाे प्रेमपत्र प्रस्तुत गरिएकाे थियाे । निर्णायक बासुदेव विष्टले प्रथम, द्धित्तिय र तृतिय हुने प्रतिष्पर्धि छनाैट गरे ।

प्रतियाेगितामा साहित्य क्षेत्रमा याेग्दान पुर्याइरहेका साहित्यकार, कवि, लेखक, सञ्चारकर्मी लगायतकाे सहभागिता रहेकाे थियाे ।

अध्यक्ष पदम बलायरकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे उद्देश्यबारे प्रेमविवश चन्दले जानकारी गराए । कार्यक्रमको सन्चालन साहित्यकार तोयनाथ भट्टले गरेका थिए ।

Dhnagadhi & Krishanapur