बोण्ड इंगलिस बोर्डिङ स्कूलको १६औं वार्षिकोत्सव सम्पन्न

Image
Nisarga Hospital

कैलाली ः कैलाली जिल्लास्थित कैलारी गाउँपालिका वडा नम्बर ५ मा रहेको बोण्ड इंगलिस बोर्डिङ स्कूलको १६औं वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
कैलारी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष धोजहरिपाल बोहराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उहाँ विद्यार्थीहरुको भविष्य उज्वल बनाउन अभिभावक जिम्मेवारी लिनु पर्ने बताएका छन । उहाँले भने, ‘विद्यार्थीहरुको पहिलो पाठशाला उनीहरुका अभिभावक, घर परिवार रहेकाले घरमा विद्यार्थीलाई बढी ध्यान दिनु पर्छ । विद्यार्थीहरु विद्यालयमा ५÷६ घण्टा हुन्छन । विद्यालयमा शिक्षक राम्रोसँग पढाए पनि घर गएको विद्यार्थीलाई अभिभावकले गृहकार्य नगराउदा, पढने वातावरण नबनाउदा विद्यार्थीहरुको पढाईमा सुधार हुन सक्दैन ।’ कुनै विद्यार्थी कम्जोर छ भने उनीहरुलाई हप्काएर दबाव दियो भने उल्ट्रै मनोवल झन खस्कने भएको माया गरी सम्झाउदा पढाईमा सुधार हुने बताए ।

CP Hospital Dhangadhi

कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल तिलक बोहरा अभिभावकहरुको माया र सहयोगले विद्यालय यहाँसम्म पुगेको र १६औं वार्षिकोत्सव मनाउन सफल भएको बताए । उहाँले भने, ‘बोण्ड इंङलिस बोडिङ स्कूल सैद्धान्तिक शिक्षासँंगे व्यवहारिक र संस्कारिक शिक्षामा जोड दिएको छ । विद्यालयले अहिले शैक्षिक ज्ञानसँगै अतिरिक्त क्रियाकलापमा ध्यान दिएको प्रिन्सिपल बोहराले बताए । कक्षा ९ सम्म पढाई हुदै आएको यस विद्यालयमा यसै शैक्षिकसत्रदेखि कक्षा १० सम्म पढाई हुने उहाँले बताए ।
कार्यक्रममा पहुरा दैनिकका सम्पादक प्रेम चौधरी बोण्ड इंगलिस बोर्डिङ शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापमा फडको मर्दै गएको बताए । उहाँले भने, ‘विद्यार्थीहरुको शिक्षा, स्वास्थ्यमा अभिभावकले ध्यान दिनु पर्ने अवस्था छ । अभिभावकले नास्ताकोे रुपमा बालबालिकालाई जंङक फुड दिएर पठाएको कारण उनीहरुको स्वास्थ्यमा ठुलो असर परी रहेकोले आव सचेत हुन जरुरी छ ।’ विद्यार्थीके स्वास्थ्य विग्रदा पढाईमा समेट असर पर्ने बताए ।

Attariya Hospital


कार्यक्रममा विद्यार्थी आरध्य बोहरा कुनै पनि विद्यार्थीले लक्ष्य लिएर आगाडी बढन जरुरी रहेको बताए । उहाँले भने, ‘विना लक्ष्य हिंडदा गन्तव्यमा पुग्न नपुग्ने कुनै ग्यारेण्टी छैन । विद्यार्थीले लक्ष्य र योजनाका साथ आगाडी बढे गन्तव्य पुग्न सजिलो हुन्छ ।’ उहाँ आफु भविष्यमा पढेर डाक्टर बनेर समाजको सेवा गर्ने लक्ष्यका आगाडी बढेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बजारीराम चौधरीको अध्यक्षतामा भएको वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा नगेश पशुपति शिक्षा मन्दिरका प्रअ रतन चौधरी, विद्यार्थी यूवराज ढुङगानालगायत मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका कविता चौधरी र संचालन भाइस प्रिन्सिपल बमबहादुर धामीले गरेका थिए । वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिक तथा वार्षिकोत्सवको अवसरमा भएको खेलकुद प्रतियोगितामा सहभागी विद्यार्थीलाई अभिभावक र अतिथिहरुको बाट पुरस्कार वितरण गरिएको छ । त्यसै गरी विद्यार्थीहरुले विभिन्न थरिका प्रतिभा देखाएका छन । जसमा विद्यार्थीहरुले एकल र समुहमा सांस्कृतिक नृत्य देखाएका छन ।

nawajiwan