
अत्तरियाः गोदावरी नगरपालिकाले जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक बिजेता खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ । शनिबार आयोजित बिशेष कार्यक्रममा केही दिन अगाडी कैलालीको धनगढीमा सम्पन्न १४ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डमा पालिकाबाट सहभागि मध्येबाट पदक विजेता खेलाडीलाई पालिकाले अबिर, र खाँदा ओढाएर सम्मान गरेको छ ।

नगरप्रमुख बिरेन्द्र भट्ट, प्रमुख प्रशासकीय अधिकृत हरीदत्त भट्ट,शिक्षा विद डम्मर पाल, गोदावरी नगरपालिका वडा नं १ का वडा अध्यक्ष तथा नगर प्रबक्ता गोपाल दत्त भट्ट, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख प्रयाग राज जोशी, शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत विष्णुराज अवस्थी, विभिन्न विद्यालयका शिक्षक प्रतिनिधि तथा खेलकुद संयोजक शिवराज भट्टराई, विभिन्न विधाका खेल संयोजक लगायतको उपस्थितिमा खेलाडीलाई सम्मान गरेको थियो ।


एक औपाचारिक कार्यक्रममा खेलाडीको हौसला बृद्धी तथा उच्च मनोबल रहोस भन्दै खेलाडीको लागि पालिकामै बोलाएर सम्मान गरिएको नगर प्रमुख भट्टले बताए । आगामी दिनमा पनि खेल जगतमा हुने क्रियाकलापमा नगरपालिकाले निरन्तर साथ र सहयोग गर्ने बताए ।


गोदावरी नगरपालिकाबाट यो वर्ष जिल्ला स्तरिय खेलहरुमा ५ स्वर्ण, २४ रजत र १० कास्य गरि ३९ पदक सहित तृतीय भएको हो ।










































