जोखिम रहेको मानब बस्तीलाई सुरक्षित पार्दै गोदावरी नगरपालिका

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा न. १२ मा रहेको टुडेला खोलामा बाढी जिखिम न्यूनिकरण कार्यक्रम सम्पन्न भए पश्चात पालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट सहितको टोलीबाट अनुगमन भएको छ । करिब ६०० मिटर लामो ग्याबिन जालीले तटबन्धन निर्माणका लागि USAID को तयार नेपाल – विपद् जोखिम व्यावस्थापन परियोजना तथा गोदावरी नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको हो ।

CP Hospital Dhangadhi

अनुगमनकै क्रममा बोल्दै गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले भने,मानब बस्ती जोगाउन पहिलो प्राथमिकता भएकोले पालिकाको बजेटले काम सम्पन्न गर्न नसकिने भएकोले दातृ संस्था USAID को सहयोगबाट गोदावरी १० र १२ मा करोडौंका योजना हाल्न लगाई अहिले बस्तीलाई बाढीबाट जोगाउन सफल भएको बताए ।

nawajiwan

USAID को तयार नेपालले गोदावरी नगरपालिकामा गरेको काम स्थानिय सरकार र प्रदेश सरकार भन्दा फरक ढंकले, गुस्तरिय, बलियो भएको देखिन्छ । एक बर्षातको बाढी आउदा समेत लगाएको तटबन्छनमा कुनै हानी नोक्सानी नभएकोले USAID ले गरेको काम प्रति आफू खुसी भएको त आगामी दिनमा पनि निरन्तरताका लागि लागिरहने बताए । र यहाँ बनेको तटबन्धनले लामो अबधिसम्म बस्तीलाई जोगाउने छ भन्ने बिश्वास लिएको समेत बताउनु भयो ।

Attariya Hospital

यसै बर्षको असार १५ गते सम्पन्न योजना बर्शातको समयमा खोलामा आएको बाढीले के कति बस्तीमा क्षती पुगेको छ, पालिकाद्वारा बस्तीलाई स्थाई रुपमा जोगाउन के गर्न सकिन्छ आगामी दिनमा बाढी नियन्त्रणका लागि के काम गर्दा उपयुक्त हुन्छ भनि अनुगमन गरिएको थियो ।

कुल ८७ लाख ०२ हजार ४६० रुपैयाँको लागतमा बनेको योजनाले वडा न. १२ को आदर्श टोल र टुडेला खोला नजिकका बस्तीलाई जोगाउने काम गरेको छ ।

तेसै गरी गोदावरी नगरपालिका बडा न? १० को चाक्ले खोला बाढी जोखिम न्यूनिकरण कार्यक्रममा ९७ लाख बढी रकमबाट पनि जनप्रभात टोल, र चाक्ले खोलाको नजिकको बस्तीलाई जोखिमबाट जोगाउन करिब ५०० मिटर बढीको ग्याबिन जाली निर्माण सम्पन्न गरेको छ ।

खोलानाला नियन्त्रणका लागि गोदावरी नगरपालिकाले अधिक रुपमा लगानी गर्दै आएको र आगामी दिनमा पनि जनतामुखी कार्यक्रम ल्याई जनताका आबश्यतालाई प्राथमिकताका रुपमा दीइ काम अगाढी बढाउने जानकारी गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताए ।

गोदावरी नगरपालिका मध्य पहाडको फेदमा रहेकोले खोला नालाको बहाबले यस पालिकालाई सुरक्षित पार्न तटबन्धन अति आबश्यक थियो,  सो अनुरुप गोदावरी नगरपालिकाका मेयर सापले दातृ संस्थाको सहयोगबाट आज बस्तीलाई जोगाउन सफल भएको अनिभुती भएको र यस गोदावरी १० र १२ मा आगामी दिनमा पनि थुप्रैका योजनाहरु अगाढी बढाई तटबन्धन गर्ने तिर हामी लागेको जानकारी गोदावरी नगरपालिका वडा न. १  का वडा अध्यक्ष तथा गोदावरी नगरपालिकाका प्रबक्ता गोपाल दत्त भट्टले बताए ।