एप्पल सिट मल्टेश्वरी स्कुल को ८ औँ वार्षिकोत्सब सम्पन्न

Image
Nisarga Hospital

धनगढी ः धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरमा रहेको एप्पल सिड मन्टेश्वरी विद्यालयले आफनौ आठौं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । शनिबार विद्यालयको प्राङ्गणमा भएको वार्षिकोत्सवको अवसरमा विद्यालयका प्रिन्सिपल ज्ञानु सिंहको अध्यक्षतामा विविध कार्यक्रम गरेको हो ।

CP Hospital Dhangadhi

निजी तथा आवासिय विद्यालय एशोसियसन कैलालीका अध्यक्ष टोपबहादुर शाह प्रमुख अतिथि रहेका थिए । सो अवसरमा बोल्दै अध्यक्ष शाहले विद्यार्थीहरुको भविष्यका लागि अभिभावकहरुको हेरचाह जरुरी रहेको बताए । उनले भने –‘अभिभावकहरुले आफना बालबालिकाहरुलाई विद्यालयमा भर्ना गरेरमात्र हुँदैन । उनीहरुको राम्रो शिक्षाका लागि घरमा पनि निगरानी जरुरी हुन्छ ।’ उनले विद्यालयमा बालबालिकाले सिकेका कुरा अभिभावकहरुले घरमा सोधपुछ गर्नुपर्ने सुझाव दिए ।

उनले मन्टेश्वरीले बालबालिकालाई शिक्षातर्फ आकर्षण गर्न सहयोग गरिरहेको बताउँदै –‘आगामी दिनमा पनि विद्यालयले गुणस्तरिय शिक्षामा जोड दिनुपर्ने हुन्छ ।’

nawajiwan
Attariya Hospital

तलकोट गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवर भण्डारी, नेपाल पत्रकार महासंघ पूर्व केन्द्रिय सदस्य प्रकाशविक्रम शाह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

विद्यालयले वार्षिकोत्सवको अवसरमा आयोजना गरेको विभिन्न प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुका साथै विद्यार्थीहरुका विभिन्न नृत्य, कलाहरु पनि प्रस्तुत गरिएको थियो ।