गोदावरी नगरपालिकामा अत्याधुनिक प्रबिधिबाट फोहोर ब्यावस्थापन प्रणाली निर्माणकार्य अन्तिम चरणमा

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिकामा बढ्दो रुपमा फैलियको फोहोरलाई ब्यावस्थापनका लागि अत्याधुनिक प्रबिधि प्रयोगगरी फोहोर ब्यावस्थापन प्लान्ट निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

CP Hospital Dhangadhi

एशियाली विकास बैंकको ऋण अनुदान सहयोगमा क्षेत्रीय शहरी विकास आयोजना धनगढी मार्फत निर्माण हुने एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रका लागि चिनियाँ कम्पनीले निर्माण गरिरहेको छ ।

nawajiwan

कैलालीको गोदावरी नगरपालिकाको फोहोर मैला व्यवस्थापनका लागि वडा नम्बर ३ मा रहेको चौकीडाँडा सामुदायीक वन भित्रको क्षेत्रमा निर्माण कार्य भै रहेको छ । जसमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि चिनिया कम्पनी संग ४५ करोड ७४ लाख बढी रकम (भ्याट बाहेक) मा ठेक्का सम्झौता भई काम अन्तिम चरणमा पुगेको छ ।

गोदावरी नगरपालिका भित्र फोहोरमैला व्यवस्थापन केन्द्र नहुँदा गाउँ बस्ती अनि बजार बाट निस्कने फोहरमैला व्यवस्थापन केन्द्र थुपार्दै आएको भए पनि आगमाी दिनमा फोहर बाट मोहर उत्पादन गरी लाभ लिन सकिने गरी काम अगाडी बढेको जानकारी गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले बताएका छन । शहरको क्षेउमा नै बन्न लागेको फोहोर प्रसोधन केन्द्र निर्माणका ठेकेदार साथीहरुले पनि समयमा नै काम गर्दै गरेकोले काम गराई प्रति आफू खुसी रहेको ब्यक्त गरे ।

Attariya Hospital

अत्तरियाको बढ्दो शहरी करण र जनसंख्या बृद्धी, अत्तरिया नजिकै २-३ टा ठूला ठुला अस्पतालबाट निस्कने फोहोरलाई पनि ब्यवस्थापन गर्नमा सहज हुने नगरप्रमुख भट्टले बताएका छन ।

सिचुवान प्रोभेन्सी जियोलोजिकल इन्जिनियरीङ कम्पलेक्सका कन्ट्याक्ट म्यानेजर नारायण रिजालका अनुसार संरचना बनाउने काम र नयाँ ईन्टलको काम सकाएर एक्सिस रोडलाई ग्राभेल गरी कालोपत्रे गर्ने तयारीमा छौ । समष्टिगत रुपमा कन्सन्ट्रक्सको काम ८० प्रतिशत सकाई सकेको र निर्माण सम्पन्न मितिको सिमा भित्र नै काम सम्पन्न गर्ने लक्ष्य सहित दुर्त रुपमा काम अगाढी बढीरहेको जानकारी दिएका छन । परियोजनाका म्यानेजर रिजालका अनुसार उक्त संरचना ५० बर्ष सम्म प्रयोग गर्न मिल्ने गरि डिजाईन गरिएको जनाइएको छ ।

फोहोर प्रशोधन केन्द्र निर्माण भएपछि कुहिने र नकुहिने फोहोरलाई छुट्याई मेसिनको सहायताले प्रशोधन गरी कम्पोष्ट मल र बायोग्यास उत्पादन गर्नका लागि पक्की संरचना निर्माण गरिने बताइएको छ । र यसै फोहरबाट नै प्राङ्गारीक मल उत्पादन गरिने जनाइएको छ । फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणपछि गोदावरी नगरपालिका क्षेत्रभित्र रोजगारीमा वृद्धिसँगै नगरपालिकाको राजस्वमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ ।

एशियाली विकास बैंकको ऋण अनुदान सहयोगमा कैलाली र कञ्चनपुरका गरी चारवटा स्थानीय तहमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको काम अगाडी बढेको छ । क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कञ्चनपुरको भीमदत्त र शुक्लाफाँटा नगरपालिका गरी चारवटा नगरपालिकामा उक्त केन्द्र निर्माणको काम अघि बढेको हो ।