राष्ट्रिय संगीतकर्मी संघ अछामको अध्यक्षमा जनक साउद

Image
Nisarga Hospital

अछाम ः जिल्लामा राष्ट्रिय संगीतकर्मी संघको दोस्रो जिल्ला अधिबेशन सम्पन्न भएको छ। दोस्रो अधिबेशनले कलाकार जनक साउदको नेतृत्वका नया कार्य समिति चयन गरेको छ ।  जसको बरिस्ठ उपाध्यक्षमा रोजि कुवर, प्रथम उपाध्यक्ष मोहन क्षितिज महिला उपाध्यक्ष पार्वती नेपाली, महिला उपाध्यक्ष यसोदा बुढा रहेका छन् ।

CP Hospital Dhangadhi

समितिको महासचिबमा रुपक परियार सचिब झनंकर रावल उपसचिव ललित रैगाइ, कोषाध्यक्ष मनिशा नगार्जी सह कोषाध्यक्ष रुद्र बिक प्रबक्ता महेन्द्र बिसि रहेका छन् ।सदस्यमा भिम बिस्ट, राम साउद, नेत्र रावल, चन्द्र साउद, दल साउद, मनोज कडायत, प्रदिप बिक, पबित्रा खड्का, लक्ष्मण मयाल, राम प्रसाद भन्डारी, जितेन्द्र रैगाइ, अबिराम बटला, भोज राज भाट, सत्य बिक वड, टेक रावल रहेका छन् ।

यस्तै सल्लाहकारमा समिती जनक कार्की, नरेन्द्र रावल, पर्बत जैगडी रहेका छ्न।

nawajiwan
Attariya Hospital

स्थानीय भाषा, संकृती, साहित्य संरक्षण सम्बर्द्धन र पिछडिएका बिपन्न बर्ग समुदायका कलाकारहरुको हक हितका लागि २०६२ सालमा काठमाडौमा स्थापना भएको राष्ट्रिय संगीतकर्मी संघ अछाम जिल्लामा भने २०७९ मा भएको थियो ।

संघका जिल्ला कार्य समिती संस्थापक अध्यक्ष सेर ब सार्कीको अध्यक्षतामा भएको अधिबेशनमा साफेबगर नगर पालिकाका नगर उपप्रमुख शिब कुँवर सिलोज प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा सस्थाका केन्द्रिय सदस्य निल गगन रोसन सिंह, केन्द्रिय सदस्य निरुता खत्री, गायिका शोभा थापा, संघका सुप सदस्य भुवन शर्मा, पत्रकार गिता कुंवर लगायतका अतिथीको उपस्थिति रहेको थियो।