रुडुक सँस्थाको सहयोगमा बझाङका भुकम्प पिडितलाइ बल्याङकेट बितरण

Image
Nisarga Hospital

बझाङ ः जिल्लाको मष्टा गाउपालिकामा भुकम्प पिडितहरुलाई आज (सोमबार )राहत स्वरुप बल्याङकेट बितरण गरीएको छ । ग्रामीण विकास तथा महिला एकता केन्द्र (रुडुक) सँस्थाका सँस्थापक अध्यक्ष एबम् नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाको सहयोग र नेपाल तरुण दलका केन्द्रिय सदस्य तथा नेपाली कांग्रेसका युवा नेता बिष्णु अयडीको पहलमा प्राप्त ब्ल्याङकेट मष्टा गाउँपालिका वडा नमबर १ का ९ जना भुकम्प पिडितहरुलाइ हस्तान्त्रण गरीएको हो ।

CP Hospital Dhangadhi

सरकारले दिने सुबिधा आफुहरुलाइ सँस्थाबाट पाएको बताउदै राहत पाएपछि भुकम्प पिडित खुसी भएका छन् । रुडुक सँस्थाका सँस्थापक अध्यक्ष एबम कांग्रेसकी नेतृ डा .देउवाले बझाङका भुकम्प पिडितहरुको लागी २० वटा बल्याङकेट प्रदान गरेको छ ।

फागुन ७ गते दिन छबिसपाथीभेरा गाउँपालिका वडा नम्बर १ का भुकम्प पिडितहरुलाइ प्रदान गरीने र बाँकि ठाउँमा वडा कार्यालयलाइ जिम्मेवारी दिइने युवा नेता अयडीले जानकारी दिए ।

nawajiwan
Attariya Hospital