
धनगढी ः दाह्री ग्याङ्ग धनगढीले आठौं वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक कार्य गरेको छ । वार्षिकोत्सवको अवसरमा ग्याङ्गले धनगढीमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता र वृक्षारोपण लगायतका कार्यक्रम गरेको हो । आइतबार बिहान वार्षिकोत्सवको अवसरमा दाह्री ग्याङ्ग र नेपाल खेलकुद पत्रकार महासंघबिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको थियो । सो प्रतियोगितामा खेलकुद पत्रकार महासंघ विजयी भएको थियो ।


ग्याङ्गले धनगढी उपमहानगरपालिकाले सञ्चालन गरिरहेको हरियाली प्रवद्र्धन कार्यक्रममा नगद पाँच हजार हष्तान्तरण गरेको छ । ग्याङ्गले सामाजिक क्षेत्र, रक्तदान, स्वास्थ्य क्षेत्र, खेलकुद, सामाजिक सचेतना कार्यक्रम, वातावरण तथा पर्यावरण लगायतका कार्यक्रम योग्दान पुर्याउँदै आएको अध्यक्ष अमित खडकाले बताए ।
































