बाजुराको त्रिवेणी नगरपालिकामा छुवाछुत उन्मूलनका लागि परामर्श कार्यक्रम

Image
Nisarga Hospital

धनगढी  ः  बाजुराको त्रिवेणी नगरपालिकामा रहेको त्रिशक्री दलित नेटवर्कले जातीय विभेद तथा छुवाछुत उन्मूलनका लागि सरोकारवाला निकायसँग परामर्श कार्यक्रम सुरु गरेको छ। जिल्लामा कुप्रथाको रूपमा रहेको जातीय विभेद तथा छुवाछुत अन्त्यका गर्नका लागि विभिन्न संस्थाहरूले काम गर्दै आएको भएपनि न्यूनीकरण भने अझै हुन सकेको छैन्। जातीय विभेद तथा छुवाछुत प्रथा अन्त्य गर्नुको उल्टो यहाँका अधिकांश जनप्रतिनिधिबाट नै विभेद हुन थालेपछि राजनीतिक दल र दलित समुदायबिच परामर्श कार्यक्रम सुरु गरेको त्रिशक्री दलित नेटवर्क त्रिवेणीले जनाएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

गैर दलितले दलित र दलितले दलितलाई जातीय विभेद गर्ने गरेकोले उन्मुलनमा निकै चुनौती थपिँदै गएको त्रिवेणी नगरपालिका–८ का दलित अगुवा दिनेश सार्कीले बताए। दलित सुमदायमाथी भएको दमन शोषण तथा अन्यायका साथै जातीय विभेद अन्त्य गर्न सरोकारवालासँग छलफल कार्यक्रम गर्दै आएको त्रिशक्री दलित नेटवर्क त्रिवेणीका अध्यक्ष वीरबहादुर विकले बताए।

nawajiwan