बझाङमा कार्यसम्पादन मूल्यांकनमा छबिसपाथीभेरा गाउपालिका प्रथम

Image
Nisarga Hospital

बझाङः आर्थिक वर्ष २०७९÷०८० को कार्यसम्पादन मूल्यांकनमा बझाङको छबिसपाथीभेरा गाउपालिका बझाङका स्थानीय तह मध्य उत्कृष्ट भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार छबिसपाथिभेरा गाउपालिकाले ४६ .८१ अंक प्राप्त गरी स्थानीय तह मध्येमा पहिलो बनेको हो ।

CP Hospital Dhangadhi

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको छ । जसमा असार १० भित्र बजेट पेश गरे÷नगरेको, असार मसान्त भित्र बजेट पारित गरे÷नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे÷नगरेको, बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे÷नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे÷नगरेको जस्ता सूचकहरुका आधार लगाएतको मुल्यांकन गरिएको छ ।

स्थानीय तहलाई संघीय संचित कोष तथा प्रदेश संचित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अुनदान अन्तर्गत् कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान सिफारिसको लागि आयोगले कार्यसम्पादन मूल्यांकन गर्ने आयोगको तथ्यांक महाशाखाका उपसचिव दिनेश भट्टराईले बताउनुभयो । यो मूल्यांकन स्थानीय तहबीचको सकारात्मक प्रतिस्पर्धा भएको उनको भनाइ छ ।

nawajiwan

स्थानीय तह मध्य जयपृथ्बी नगरपालिकाले ४५.३२ अंक सहित जिल्लामा दोस्रो स्थानमा छ । तेस्रोमा मष्टा गाउपालिकाले ३८.५४ अंक प्राप्त गरेको छ । साइपाल गाउपालिकाले ३७.०३ अँक सहित चौथो भएको छ ।

Attariya Hospital

यस्तै थलारा गाउपालिकाले ३५.०५ अँक पाएको छ भने बित्थडचिर गाउपालिकाले ३३ं.७८ ,केदारस्यु गाउपालिकाले ३२.०४, तल्कोट गाउपालिकाले २६.७३ ,खप्तडछान्ना गाउपालिकाले २७.९८, बुङगल नगरपालिकाले २४.९६,सुर्मा गाउपालिकाले २७.५१ र दुर्गाथली गाउपालिकाले ३१.२५ अँक पाएको छ ।

त्यस्तै, प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ को दफा ७ अनुसार कार्य सम्पादन मूलल्यांकन गरी अंक प्रदान गरिएको र प्राप्त अंकमा चित्त नबुझे ७ दिनभित्र निवेदन दिन भनिएको छ । कुनै स्थानीय तहको तथ्यांक गलत भएको भए एकसाताभित्र समिक्षा गरी अन्तिम नतिजा सार्वजनिक गरिने उपसचिव भट्टराईले बताए ।