गोदावरी नगरपालिकाका खोला नदीमा तटबन्धनमा करोडौंको लगानी

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको खुटिया, चाक्लेखोला, गोदावरी नदी, टुडेला खोला लगायत अन्य खोला नदीमा तटबन्ध निर्माण भइरहेको छ । कुनै ठाउँमा निर्माण सम्पन्न भै सकेको छ भने कुनै ठाउँमा निर्माण दुर्त गतिमा अगाढी बढि रहेको छ ।

CP Hospital Dhangadhi

जिल्लाको मध्यभाग भएर बग्ने मोहना र खुटिया नदीको कटान तथा डुबान नियन्त्रण गर्न करिब ५२ करोड रुपियाँको लागतमा तटबन्ध निर्माण भइरहेको हो ।

nawajiwan

बर्सातको समयमा गोदावरी नगरपालिका भित्र रहेका खोला नदीले खेतीयोग्य जमिन तथा बस्ती कटान गर्ने भएकाले त्यसको नियन्त्रणका लागि एसियाली विकास बैङ्क (एडिबी) को लगानीमा तटबन्ध निर्माण भइरहेको छ । जनताको तटबन्ध कार्यालय कञ्चनपुरले गोदावरीमा केही बर्ष देखि निरन्तर रुपमा खोला नदीमा तटबन्ध निर्माण गरीरहेको जानकारी गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले जानकारी दिएका छन ।

अनुगमनकै क्रममा बोल्दै गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले भने,मानब बस्ती जोगाउन पहिलो प्राथमिकता भएकोले पालिकाको बजेटले काम सम्पन्न गर्न नसकिने भएकोले दातृ संस्था USAID को सहयोगबाट गोदावरी १० र १२ मा करोडौंका योजना हाल्न लगाई अहिले बस्तीलाई बाढीबाट जोगाउन सफल भएको बताए ।

Attariya Hospital

USAID को तयार नेपालले गोदावरी नगरपालिकामा गरेको काम स्थानिय सरकार र प्रदेश सरकार भन्दा फरक ढंकले, गुस्तरिय, बलियो भएको देखिन्छ । एक बर्षातको बाढी आउदा समेत लगाएको तटबन्छनमा कुनै हानी नोक्सानी नभएकोले USAID ले गरेको काम प्रति आफू खुसी भएको त आगामी दिनमा पनि निरन्तरताका लागि लागिरहने बताए । र यहाँ बनेको तटबन्धनले लामो अबधिसम्म बस्तीलाई जोगाउने छ भन्ने बिश्वास लिएको समेत बताउनु भयो ।

तेसै गरी गोदवारीकै खुटिया नदीको तल्लो तटिय क्षेत्र धनसेरीमा तटबन्धको कामलाई प्राथमिकता दिएर काम गरिरहेको बताए । समयमै गुणस्तिरिय र जनताका लागि केन्द्रित भएर काम सम्पन्न गर्न नगरपालिका प्रतिबद्ध रहेको उनको भनाइ थियो । गोदावरी नगरपालिका -९ को सीमा भएर बग्ने ठाउँमा तटबन्ध निर्माण शुरू भएको हो ।

नदीबाट हुने क्षति रोक्न तटबन्ध निर्माण कार्य प्रभावकारी समेत रहेको देखिन्छ । आर्थिक बर्ष ७९/०८० र ८०-८१ मा मात्र गोदावरी, धनगढी र कृष्णपुर नगरपालिका भित्र रहेका नदीमा ११ प्याकेजमा निर्माणको काम भइरहेको छ । आठ हजार छ सय मिटर लामो तटबन्ध निर्माण भइरहेको जनताको तटबन्ध कार्य निरन्तर भै रहेको र कैलाली र कञ्चनपुरमा १२ प्याकेज अन्तरगत खुटिया नदीमा मात्र ५ ओटा क्षेत्रमा तटबन्धन गरी रहेको जानकारी जनता तटबन्ध कार्यक्रमका प्रोजेक्टका सव ईन्जिनियर प्रकाश खड्काले बताए ।

कार्यालयका अनुसार पिआरटिडब्लु–६ प्याकेज अन्तर्गत गोदावरी नगरपालिकाको अर्जुन टोलतर्फ एक हजार छ सय मिटर, पिआरटिडब्लु–७ अन्तर्गत तीन सय मिटर तटबन्ध निर्माण भइरहेको छ । यस्तै गोदावरी नगरपालिकाको धनचौँरीतर्फ पिआरटिडब्लु–१३ प्याकेज अन्तर्गत एक हजार मिटर तटबन्ध निर्माण कार्य भइरहेको छ । दुवै नदीमा तटबन्ध निर्माणका लागि आर्थिक वर्ष २०७८र७९ मा तीन वर्षभित्र काम पूरा गर्ने गरी टिम्स–राजेन्द्र–कुमार जेभीसँग ठेक्का सम्झौता भएको थियो ।

पछिल्ला समयमा नदी जन्य बस्तु उत्खननले श्रृजित समस्या मात्र नभएर गोदावरी नगरपालिकाले सामाधानका प्रयासहरु निरन्तर रुपमा अगाढी बढेको देखिन्छ ।