
बझाङ: मष्टा गाउँपालिकाले अहिले पालिका भरीका महिला पुरुषहरुका लागी गेटा आँखा अस्पताल आँखा उपचार केन्द्र बझाङको प्राविधिक सहयोग र मष्टा गाउँपालिकाको आयोजनामा निशुल्क आँखा उपचार शिविर संचालन गरी रहेको छ । विगतका बर्ष झै यस बर्ष पनी आम नारीकहरुलाई सिहँदरबारको अधिकार गाउँमा आएको अनुभुती दिलाउनका लागी शिविर संचालन गरीएको हो । मष्टा गाउँपालिका वडा नम्बर १ बाट सुरु गरीएको आँखा शिविरमा वडा नम्कर ६ मा शुक्रबार संचालन सहित समापन हुने छ ।

शिविर बाट मोतिविन्दु भएर उपचार नगरेका स्थानियहरुलाई छटौट गर्ने काम भई रहेको छ । मोतिविन्दु भएर उपचार नगराएका पालिका भरीका स्थानीयहरुलाई छनौट गरी सकेपछी उनिहरुको अप्रेशन तथा थप उपचार गर्न अर्को शिविर संचालन गर्ने उदेश्यले यो शिविर संचालन गरीएको मष्टा गाउँपालिकाका अध्यक्ष ज्ञान बहादुर बोहरले बताए । उनले भने ‘हामिले अहिले सम्म संचालन गरेको शिविरमा पुरुष भन्दा बढी महिलाहरुको आँखाको समस्या रहेको पाएका छौ । गत बर्ष पनी आँखा शिविर संचालन गर्दा धेरै स्थानीयहरुले सेवा पाएका थिए । ति मध्ये आँखा नै नदेख्ने ५ जनाको पालिकाकै आर्थिक सहयोगमा अप्रेशन गरी आँखा देख्ने भएका थिए । यस्तै ७५ जनाको अन्य अप्रेशन गरीएको थियो । यो बर्ष पनी उक्त कार्यक्रमलाई निरन्त्रता दिएको बताए । यो शिविर सक्कीएपछी आँखाको समस्या झेली रहेका मोतिविन्दु भएका तथा अन्य समस्याले गर्दा आँखा नदेख्नेहरुको अप्रेशन तथा उपचार गेटा आँखा अस्पतालकै प्राविधिक सहयोगमा पालिकामा नै शिविर संचालन गर्ने लक्ष्य आफुहरुले राखेको बताए’ ।


गेटा आँखा अस्पताल आँखा उपचार केन्द्र बझाङका नेत्र सहायक सगुन तामाङ सेवा लिन आएका सेवाग्राहीहरुको आँखा चेकजाँच गर्दा सबै भन्दा बढी महिलाहरुको आँखामा समस्या देखा परेको बताईन् । उनले भनिन्‘पुरुषको तुलनामा महिलाहरुमा बढी आँखाको समस्या देखा परेको छ । धुवा धुलोमा र काममा होस वा घाममा होस् बढी महिलाहरु नै क्रियाशिल हुने भएका कारणले पनी यो हुन सक्ने अनुमान उनले लगाईन् । यो समस्या बाट छुटछकारा पाउनका लागी सबैले अनिवार्य रुपमा चस्माको प्रयोग गर्न सके सबै भन्दा उत्तम उपाय हुने बताईन् । मोती विन्दुको समस्या मात्रै नभई कलिलै उमेरका महिलाहरुमा बढी आँखाको समस्या देखा परेको हामिले उपचारका क्रममा पाएका छौ । पुरुषहरुमा बढी उमेर ढल्केकाहरुमा समस्या देखा परेपनी महिलाहरुमा भने उमेर नढल्किदै आँखा सम्बन्धि विभिन्न समस्या झेल्ने गरेको आफुले पाएको बताईन् । पालिकाले गरेको यो शिविर बाट धेरै जनाले आँखाको ज्वति गुम्न बाट बचाएको अनुभुती आफुलाई भएको उनले बताईन् । यदि शिविर संचालन नभएको भए, उनिहरु उपचार नगरी घरमा नै बस्थे होला पछी गएर उनिहरुको आँखाको ज्वती नै गुम्ने खतार हुन्थ्यो । त्यो खतरा बाट धेरै जस्तो नागरीकले मुत्ती पाएको तथा धेरैको आँखाको ज्वती गुम्ने खतरा हटेको बताईन्’।
घर नजीकै शिविर आएर आफुहरुलाई निकै सजिलो भएको स्थानीय तथा समाजसेवि पिरु उपाध्यायले बताए । उनले भने ‘मेरो आँखामा पनी मोति विन्दु भएको रहेछ । मलाई जानकारी थिएन । नजीकै शिविर आएको जानकारी भएपछी चेकजाँच गरादा मोति विन्दु भएको थाहा भयो । अब गाउँमा नै उपचार हुनेभयो भन्दै खुःसी ब्याक्त गरे’ । यस्तै आँखामा सामान्य समस्या होला भन्ने सोचेकी मष्टा ४ कै चन्द्रा कठायतले पनी विहिबार घरको आगनमा नै आँखाको शिविर संचालन भएको जानकारी पाएपछी आँखा चेकजाँच गराउदा, मोति विन्दु भएको जानकारी स्वास्थ्यकर्मी बाट पाईन् । उनको उपचार अब गाउँमा नै हुने भएपछी उनि निकै खुःसी भईन् । उनी जस्तै उसो त गंगा जोशि समेत निकै खुःसि भईन् । उनको पनी आँखामा मोति विन्दु भएको जानकारी पाईन् र हालका लागी सामान्य आँषधि दिएपनी केही समयपछी मोति विन्दुको उपचार पालिकामा नै हुने भनेपछी यहाँका स्थानीय खुःसी भएका हुन् । उनिहरु मात्रै नभएर वडा नम्बर १ र २ मा मात्रै २ सय ४३ जनाको आँखा चेकजाँच गर्दा ५१ जनाको आँखामा मोति विन्दुको समस्या देखा परेको मष्टा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक देविचन्द्र थापाले बताए । उनले भने ‘विहिबार मष्टा गाउँपालिका वडा नम्बर ४ को भातेखोलामा संचालन गरीएको निशुल्क आँखा उपचार सम्बन्धि शिविर बाट २ सय २४ नाको आँखा चेकजाँच गर्दा १० जना महिला ७ पुरुष गरी जम्मा १७ जनामा मोतिविन्दुको समस्या देखा परेको छ । ५२ जनाको दृष्टि दोष देखा परेको बताए’ ।

हाल सम्म ४ सय ६७ जनाले आँखाको चेकजाँच गर्दा ७९ जनाको दृष्टिदोस (चस्मा लगाउनु पर्ने) देखीएको छ । हाल सम्म ६८ जनाको आँखामा मातिविन्दु देखा परेको छ । जसमध्ये ३६ जना महिलाहरुको आँखामा मोतिविन्दु भएको नेत्र सहायक जनक विष्टले बताए । उनले भने ‘महिलामा बढी समस्या देखीनुको कारण घरमा काम गर्दा धुलो धुवा संग बढी महिलाहरु नै सक्रिय हुन्छन् । बढी जस्तो खाना पकाउने काममा महिला हुन्छन् । शहरको जस्तो ग्यास हुदैन । दाउरामा नै निर्भर रहनु पर्ने र दाउरा बाल्दा धुवा हुने भएका कारण महिलाहरुको बढी आँखामा समस्या देखीएको बताए । साथै महिलाहरु चस्मा लगाउन पनी लजाउने भएका कारण पनी यो समस्या देखा परेको बताए’। यता मष्टा गाउँपालिकाका अध्यक्ष ज्ञान बहादुर बोहराले पालिकाले यो अभियान तथा शिविर संचालन गर्दा यहाँका नागरीकको सानो समस्यामा भएपनी मलम लगाउन पाएको बताए । उनले भने ‘यस्तै साना काम गरेर नागरीकहरुलाई सिहँदरबारको अधिकार गाउँमा आएको अनुभुती दिलाउनु आफु जस्तै जनप्रतिनिधिहरुको जीम्मेवारी रहेको बताउदै मोतिविन्दु भएकाहरुको उपचार अब पालिकामा नै गर्ने लक्ष्य रहेको बताए’ ।


































