बझाङमा फेरि हिमपात सुरु भए सँगै अत्यधिक चिसो बढ्यो !

Image
Nisarga Hospital

झाङ: बझाङमा फेरि हिमपात भएको छ। अघिल्लो हिमपात भएको एक महिना नबित्दै फेरि आज बिहानबाट हिमपात भइरहेको हो । गएरातिदेखि मौसममा बदली हुदा उच्च लेकालि भेग साइपाल गाउपालिका, बुङगल नगरपालिका, सुर्मा, छबिसपाथीभेरा गाउपालिका ,खप्तडछान्ना गाउपालिका ,मष्टा लगाएतका ठाउमा हिमपात भएको हो । यो यस वर्षको दोस्रो हिमपात हो । हिमपात भएसँगै बझाङमा अत्यधिक चिसो बढेको छ ।

CP Hospital Dhangadhi

लामो समय देखि हिउँदे झरी र हिउँ नपर्दा निराश बनेका किसान हिउँ पर्न थालेपछि हर्षित भएका छन । हिउँदे वर्षा र हिमपातले पशुपालनलाई असर गरे पनि बालीनालीको उत्पादनमा सहयोग पुगेको कृषकहरुले बताएका छन् ।

जयपृथ्वी राजमार्गमा बिहीबार दिउँसो हिमपात भएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिनुभयो । राजमार्गका खोडपे,, ढोल्यामोड, बित्थड लगायतका स्थानमा हिमपात भएको हो। हिमपातका कारण केहिबेर राजमार्ग अवरुद्ध भएपनि अहिले भने सुचारू रहेका ट्राफिक प्रहरी पोष्ट खोडपेका प्रहरी जवान शेरसिंह विष्टले बताउनुभयो। चिसोको समयमा बालबालिका र वृद्धवृद्धाहरुको स्वास्थ्यको ख्याल गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । चिसोको समयमा तातो झोलिलो कुरा सेवन गर्न र न्यानो लुगा लगाउन स्वास्थ्यकर्मीको सुझाव रहेको छ।

nawajiwan
pk & Lotus
Dhnagadhi & Krishanapur