रेडियान्ट युवा क्लबको आयोजनामा बझाङको बित्थड बजार सरसफाइ

Image
Nisarga Hospital

बझाङः रेडियान्ट युवा क्लब बित्थडचिर गाउपालिका ५ देउलेखले आज बित्थडचिर गाउपालिकाको मुख्य बजार क्षेत्र सरसफाइ गरेको छ । शनिबारका दिन रेडियान्ट युवा क्लबको आयोजनामा खेलाडीहरु , स्वास्थ्य सँस्थाका कर्मचारी लगायत बजार बासीहरुले बित्थडचिर गाउँपालिका देउलेख बजार तथा देवेश्वरी विद्यालयको वरीपरी सरसफाइ गरेको हो ।

CP Hospital Dhangadhi

बजार क्षेत्र दिन प्रतिदिन दुर्गन्धित बन्दै गईरहेकाले आफुहरुले बजार सरसफाइ गरेको क्लबका अध्यक्ष नरेश बोहराले बताउनुभयो । युवाहरुको यस्तो सकारात्मक कामले स्थानीय सरकारलाई समेत चुनौति दिने तथा जनप्रतिनिधीलाइ समेत काम गर्न दबाब दिने वातावरणको सृजना भएको धेरै ब्यापारीहरुको प्रतिक्रिया रहेको छ ।

nawajiwan
Attariya Hospital

सरसफाइ आफनै लागी भएकाले क्लबले मात्र नभएर सबैको ध्यान जान आवश्यक रहेको क्लबका सदस्यहरुले बताएका छन् । साथै आगामि दिनमा पनि क्लवले यस्तै सामाजिक कार्य गदै जाने जनाएको छ ।