गोदावरीमा युवा लक्षित तालिम संचालनमा, जेष्ठ नागरिकलाई छाता वितरण

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा न. १० मा जेष्ठ नागरिकहरुलाई छाता वितरण गरेको छ । मौसम अनुसार हिउदको समयमा कम्बल / ब्लाङकेट दिदै गरेका वडामा तराईमा लाग्दै गरेको गर्मीलाई मध्यनजर गर्दै वडा कार्यालय भित्र रहेका ३७० जना जेष्ठ नागरिकहरुलाई छाता बितरण गरेको जानकारी वडा अध्यक्ष रबिन्द्र शाही (गुड्डु)ले बताए । वडा भित्र जेष्ठ नागरिकको संख्या धेरै भएको कारण उमेर समूह छनौट गरी ७० बर्ष पुगेकाहरुलाई छाता बितरण भै रहेको बताए ।

CP Hospital Dhangadhi

यसै बिच युवा पुस्ताहरुलाई लक्षित गर्दै गोदावरी नगरपालिकाको पहिलो चरणमा वडा न. ९ र १० लाई छनौट गरी बिभिन्न किसिमका तालिम दिदै आएको छ । युवाहरुलाई गाउँबस्तीमा स्वरोजगार भएर केही गरौ भन्न चाहाना भएकाहरुका लागि पालिकाले होजियारी, दुना टप्परी बनाउने, हाउस वाईरिङ, झोला बनाउने लगायतका तालिमहरु संचालन हुदै आएका छन ।

nawajiwan

Attariya Hospital

बुधबार देखि नै गोदावरी १० मा गोदावरी नगरपालिका आर्थिक विकास शाखा अन्तर्गतको गरिबि निवारणका लागि लघु उद्यम विकास (मेडपा) कार्यक्रम अन्तर्गत यस १० नं वडामा झोला बनाउने तालिमको सुरुवात भएको छ । जस्मा उद्ममशिलता तालिम सिकेका ११ जना १ महिने झोला बनाउने तालिम सुरु भएको छ ।

यसै वडा न. १० मा नै केही दिन अगाडी देखि होजियारि तालिम १५ जना , अचार बनाउने तालिम पनि संचालनको तयारीमा रहेको जानकारी उद्मम विकास सहजकार्ता नरेश साउदले बताए । पालिका भित्र २ वटा वडा छनौटमा गरिएकोमा ९ र १० मा ७२ जना मध्ये गाउँमा नै थोरै लगानीमा कामकाज गर्न सक्ने खालका तालिम दिई जनतालाई उद्ममी बनाउदै आएको छ ।