राइजिङ स्टार बोर्डिङ स्कुलको छैटौँ बार्षिकोत्सव सम्पन्न

Image
Nisarga Hospital

धनगढी ः धनगढीको राइजिङ स्टार बोर्डिङ स्कुलको बार्षिकोत्सवमा ७ जना लाई सम्मान गरिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मटियारीमा रहेको राइजिङ स्टार बोर्डिङ स्कुलको छैटौँ बार्षिकोत्सवको अवशर पारी बिभिन्न क्षेत्रमा सक्रिय रहेका ब्यक्तीहरुलाई सम्मान गरिएको हो । स्कुलका प्रबन्ध निर्देशक कलेन्द्र शाहीका अनुसार पत्रकारिता क्षेत्रमा लामो समय काम गरेर समाजमा अतुलनिय योगदान दिए वाफत दीर्घराज उपाध्याय, स्वास्थ्य क्षेत्र तर्फ निशर्ग अस्पतालका अध्यक्ष तिर्थ पन्त, शाहित्य तर्फ रामलाल जोशी, शिक्षा तर्फ ऐश्वर्या बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्टलाई सम्मान गरिएको हो । यस्तै गुरु तर्फ गगन सिहं कार्की, राइजिङ स्टार पुरस्कार तर्फ शिक्षिका धर्मा ऐर र शिक्षिका साबित्री जोशीलाई सम्मान गरिएको हो । उक्त सम्मान कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदुरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले प्रदान गरेका हुन् ।

CP Hospital Dhangadhi

Attariya Hospital

स्कुलका अध्यक्ष रामचन्द्र शाहीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश प्रमुख जोशी प्रमुख अतिथि रहेका थिए भने, प्रदेशसभा सदस्य शिव सिहं ओली सहित धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष बुद्धी खड्का, ५ का अध्यक्ष गजेन्द्र शाही, ६ का अध्यक्ष भागीराम चौधरी, ११ का अध्यक्ष रुप बहादुर कुँवर, १३ का अध्यक्ष बिजय जोशी लगायत जनप्रतिनिधीको सहभागिता थियो । यस्तै ऐश्वर्या बहुमुखी क्याम्पसका प्रमुख धर्म देव भट्ट, सुदुरपश्चिमाञ्चल क्याम्पसका प्रमुख योगराज उपाध्याय डिस्कभरी स्कुलका पिन्सिपल योगेन्द्र सिहं लगायतको सहभागिता थियो । स्कुलका शिक्षक कैलाश शाहीले सञ्चालन गरेको कार्यक्रममा शिक्षक जगन्नाथ अवस्थीले स्वागत मन्तब्य राखेका थिए ।

nawajiwan

बार्षिकोत्सवमा बिद्यालयमा अध्यायनरत छात्र छात्राहरुले मनोरन्जनात्मक कृयाकलाप संगै बिभिन्न श्रृजनात्मक अभ्यास समेत देखाएका थिए ।