सिमा विवादलाई छलफलबाट नै समाधान गर्नुपर्दछ- मेयर भट्ट

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले सिमा विवादलाई छलफलबाट नै समाधान गर्नुपर्ने बताएका छन् । बिहिबार गोदावरी र धनगढी उपमहानगरपालिका क्षेत्र धनचौरीमा पुग्दै मेयर भट्टले यस्तो बताएका हुन ।

CP Hospital Dhangadhi

स्थानीय जनतालाई बाढीबाट जोगाउनुका सबै मिलेर समाधान गर्नुपर्ने मेयर भट्टले बताए । ‘सिमा विवाद आएको क्षेत्रमा जिल्ला समन्वय समिति, गोदावरी र धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधि, प्राशसकीय अधिकृत, प्राविधिक स्थानीय जनता लगायतको भेलाबाट नदी अनुगमन गरिएको छ’, उनले भने ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

‘बर्षातको समयमा नदीको कटान एकहोरो नभएको कहिले वारी त कहिले पारी बग्दै गएको नदीले सृजित विवादलाई सामाधान र निस्कर्षमा पुगाउने उद्देश्य अनुरुप छलफलबाट सिमामा भएको विवादलाई टुङ्याउनका लागि स्थानीय जनतालाई कसरी बाढीबाट जोगाउन सकिन्छ ? त्यसतर्फ लाग्नुपर्दछ ।’

केही दिनदेखि गोदावरीको सिमावर्ती क्षेत्रमा धनगढी उपमहानगरपालिकाको ढुंगा, गिट्टी वालुवा ठेक्का पाएका प्रतिनिधि गोदावरीको सिमा क्षेत्रमा आएको जानकारी आएसँगै गोदावरीका नगर प्रमुख सहितको टोली धनचौरीमा पुगेको हो ।

खुटिया नदी धनचौरीको पुल क्षेत्रमा एक किलोमिटर दक्षिण र पाँच सय मिटर उत्तरबाट नदीजन्य पदार्थ सङ्कलन गर्न नहुने कानुनी व्यवस्था रहेको छ । त्यसै अनुरुप अहिले हुँदै आएको दोहनलाई बन्द गरी प्राविधिक टोलीसँगै जिल्ला समन्वय समिति प्रतिनिधि, प्रभावित क्षेत्रका वडा अध्यक्षको टिमबाट आएको प्राविधिक रिपोर्ट पश्चात छलफलबाट आवश्यक निश्कर्षमा आउने जिल्ला समन्वय समिति कैलालीका कार्यवाहक प्रमुख खगराज भुषालले बताए ।

जिल्ला समन्वय समिति कैलालीका प्रमुख भुषाल सहितको टोली अनुगमनका लागि धनचौरी क्षेत्रको खुटिया नदीमा पुगेको हो । दुईटै पालिकाको जनपप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, प्राविधिकहरुको टोली, नगर प्रहरी र स्थानीय जनताको उपस्थिति रहेको थियो ।

Dhnagadhi & Krishanapur