सत्यवती एकेडेमीद्वारा स्रष्टा सम्मान तथा साहित्यीक उत्सव सम्पन्न

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको अत्तरियामा रहेको सत्यवती एकेडेमीद्वारा स्रष्टा सम्मान तथा साहित्यिक उत्सव २०८० सम्पन्न गरेको छ।

CP Hospital Dhangadhi

सत्यवतीले गत वर्षदेखी सुरु गरेको स्रष्टा सम्मान तथा साहित्यिक उत्सव अन्र्तगत मदन पुरस्कार २०७९ विजेता ऐँठन पुस्तकका लेखक विवेक ओझालाई सम्मान गर्दै विभिन्न वर्षका मदन पुरस्कार विजेता स्रष्टाहरुको उपस्थीतीमा शुक्रबार उत्त उत्सव सम्पन्न गरेको हो ।

nawajiwan

उत्सवमा मदन पुरस्कार २०७२ विजेता ऐना पुस्तकका लेखक रामलाल जोशी, मदन पुरस्कार २०७८ विजेता अग्नी पुस्तकका लेखक डाक्टर नवराज लम्साल तथा मदन पुरस्कार २०७९ विजेता ऐँठन पुस्तकका लेखक विवेक ओझाको उपस्थीती रहेको थियो । त्यस्तै उत्त उत्सवमा कविता प्रतियोगिता पनि गरिएको थियो । कक्षा ७,९ र ११ का विद्यार्थीहरुले कविता प्रतियोगितामा सहभागिता जनाएका थिए ।

Attariya Hospital

विद्यालयले कविता प्रतियोगितामा प्रथम हुनेलाई एक हजार ५ सय,द्धितियलाई एक हजार र तृतिय हुने विद्यार्थीलाई पाँच सय रुपैयाँ पुरस्कार समेत प्रदान गरेको छ । त्यस्तै विद्यालयले केहि दिन अघि नै कक्षा ९ र ११ का विद्यार्थीहरुलाई मदन पुरस्कार २०७९ विजेता ऐँठन पुस्तक अध्ययन गर्न लगाएकोमा आज विद्यार्थीहरुले ऐँठनमाथी समीक्षा गर्दै ओझा र लम्सालसंग अन्र्तक्रिया पनि गरेका थिए ।

उत्सवमा आफ्नो भनाई राख्दै विद्यालयकी प्रिन्सीपल यसोदा कडायतले विद्यार्थीहरुलाई पढाईप्रति इच्छा जगाउनुकासाथै लेखन क्षमता पनि वृद्धी गर्ने उदेश्यले विद्यालयले विगतका वर्षदेखी नै यस्तो कार्यक्रम गर्दै आएको बताईन् । विद्यार्थीहरुलाई साहित्यिक कार्यक्रमहरु अपरिहार्य रहेको भन्दै उनले यस्ता कार्यक्रमले विद्यार्थीको पठनशैली पनि सुधार गर्ने बताईन् ।

पुस्तक पढ्ने बानीले बालबालिकालाई पछील्लो समय मोबाइल चलाउने लत कम गर्न पनि राहत हुने उनको विश्वास छ । स्रष्टा सम्मान तथा साहित्यिक उत्सव अन्र्तगत विद्यालयले गत वर्ष मदन पुरस्कार २०७८ विजेता डाक्टर नवराज लम्साललाई सम्मान गरेको थियो । अत्तरियामा १२ वर्षअघि स्थापना भएको सत्यवती एकेडेमीमा हाल करिब दुई हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।