
बझाङः छबिसपाथीभेरा गाउपालिकामा आधारभुत तह अन्र्तगतको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । आज आधारभुत तह कक्षा (६–८) को पालिका स्तरिय हाजिरी जवाफ प्रतियोगिता शान्ती माबि चौघान पाटामा सम्पन्न भएको हो । छबिसपाथीभेरा गाउपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा प्रतियोगीता सञ्चालन गरीएको हो ।

उक्त प्रतियोगीतामा पालिका भित्रका १५ वटा बिद्यालयको सहभागीता रहेको थियो । जसमा शान्ती माबी प्रथम, बाठपाली मा बि द्धितीय, थलारा माबि तृतीय र जनपृय आबि झुटेरा सान्तना भएको छ ।


बिद्यालयका बिव्यस अध्यक्ष बलराम बोगटीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथी छबिसपाथीभेरा गाउपालिका अध्यक्ष बसन्त बहादुर चलाउने रहनुभएको थियो । यस्तै बिशिष्ट अतिथी गाउपालिका उपाध्यक्ष लक्षिमन बोहरा रहनुभएको थियो । कार्यक्रममावडा अध्यक्षहरु, कार्यपालिका सदस्य, स्थानीय,अभिभाबक लगाएतको सहभागिता रहेको थियो ।
समापन कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष बसन्त बहादुर चलाउनेले यस्ता प्रतियोगिताहरूले विद्यार्थीको बाह्य ज्ञान वृद्धि विकासमा सेवा पुग्ने बताउनुभयो । साथै विद्यार्थीले सिकाइ किताबमा मात्रै सीमित नराखी बाह्य जानकारीहरूमा पनि चासो राख्नुपर्ने उनको भनाई रहेको थियो ।

































