स्वास्थ्य क्षेत्रमा गोदावरी नगरपालिकाले फड्को मार्दै, मेयरको २ वर्षे कार्यकालमा के के उपलब्धी भए ?

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाले नगर प्रमुख विरेन्द्र भट्टको २ वर्षे कार्यकालमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्य गरेको छ ।

CP Hospital Dhangadhi

नगर प्रमुख विरेन्द्र भट्टले पछिल्ला दुई वर्षको अवधिमा नगरको स्वास्थ्य संरचना निर्माण, जनशक्ति व्यवस्थापनमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए । “पछिल्लो समय स्वास्थ्य सेवा महँगो र विपन्न समुदायको पहुँचभन्दा बाहिर गइरहेको छ”, उहाँले भन्नुभयो, “सामान्य घाउँ खटिरा आउँदा पनि उपचार गर्न जाँदा ठूलो रकम खर्च हुने अवस्था छ, पैसा नभएर रोग पालेर बस्नुपर्ने बाध्यता छ, त्यसैले पनि हामीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै विपन्नको स्वास्थ्य बिमा, सरकारी स्वास्थ्य केन्द्रहरुको स्तरोन्नती र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेका छौं ।”

nawajiwan

नगरपालिकाले स्वास्थ्य सेवाको स्तरोन्नतिका साथै नगर पालिका भित्र रहेको मालाखेती अस्पतालको स्तर बृद्धीका लागि स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको हो। स्थानिय सरकारले आफ्नो स्रोत साधनले धानेसम्म जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराइरहेका छन् ।

Attariya Hospital

“नियमित स्वास्थ्य कार्यक्रम सञ्चालन देखि जनतालाई प्रतक्ष रुपमा सेवा दिनका लागि हामीले योजनाबद्धरुपले पूर्वाधार, उपकरण व्यवस्थापन र जनशक्ति परिचालन गरेर स्वास्थ्य क्षेत्रको बिकासमा जोड दिएको नगर प्रमुख बिरेन्द्र भट्टले बताए ।

नगरपालिकाका जनस्वास्थ्य अधिकृत तथा स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले कोभिड महामारीकै बीचमा पनि स्वास्थ्यका समग्र सूचक सकारात्मक देखिएको बताए। “नियमित कार्यक्रम देखि खोप अभियानमा राम्रो सफलता पाएका छौँ”, उनले भने, “यही फागुन १३ देखि पालिका भित्र रहेका बिद्यालयमै गई विद्यार्थीलाई दादुरा रुबेला बिरुद्धाको खोप दिँदैछौँ,जनतालाई प्रतक्ष्य तथा अप्रतक्ष्य रुपमा स्वास्थ्य केन्द्र र नगरपालिकाको स्वास्थ्य शाखामार्फत प्राथमिकताको आधारमा लगाउने गरिएको छ ।”

यस्तै, नवजात शिशुलाई खोप र ज्येष्ठ नागरिकलाई निःशुल्क औषधीसहित स्वास्थ्य जाँच कार्यक्रमले नगरपालिकामा दीर्घरोगीले सहज उपचार पाउने अवस्था सिर्जना भएको जानकारी स्वास्थ्य अधिकृत बिर बहादुर कुवरले जानकारी दिए ।

दुई बर्षे कार्यकालमा स्वास्थ्य क्षेत्रमा के के उपलब्धि भए ? हेर्नुहोस सूचिसहित ।
१- पूर्ण खोप पालिका सुनिश्चित गरिएको ।
२. बेला र हाटखोलीमा Birthing center विस्तार ।
३. सुरक्षित गर्भपतन केन्द्र विस्तार अत्तरिया, लालपुर र हाटखोलीमा ।
४. मालाखेती अस्पतालमा विशेषज्ञ सहितको सेवा विस्तार Indoor र OT सेवा सुचारु गरिएको ।
५. एम्बुलेन्स सेवा गर्भवती, सुत्केरी, जेष्ठ नागरिक, अतिअसक्षम/असक्त अपांग लाई Free गरियो ।
६. स्वाथ्यको विभिन्न सूचांकमा कैलाली जिल्लाको १३ वटा पालिका मध्ये गोदावरी दोस्रो न. मा पर्न सफल भै प्रदेश सरकारबाट सम्मानित भएको ।
७. मेयर संग जेष्ठ नागरिक कार्यक्रम जेष्ठनागरिकको घर दैलोमा गएर उपचार , परामर्श तथा आवश्यकता अनुसार नसर्ने रोग को निःशुल्क औषधि वितरण गरिएको ।
८. विद्यालय नर्स कोर्यक्रम संचालन गरिएको ।
९. सुत्केरी महिलाको घरमा आएर ३ पटक सुत्केरी तथा नवशिशुको जाँच गर्ने गरिएको ।
१०. COVID बिरुद्धको जाँच तथा निरन्तर खोप सेवा संचालन गरिएको ।
११. सुत्केरी महिलालाई १५०० बराबरको पोषण साम्रागी बितरण गरिदै आएको  ।
१२ अपाङ्ग स्वास्थ्य सेवाको लागी आवश्यक पर्ने ओषधि वर्षभरी आपूर्ति गरिएको
१३. सबै स्वास्थ्य संस्थामा Internet को पहुँच पुर्याई Online record reporting तथा Online Store व्यावस्थापन मार्फद सेवा संचालन गरिएको ।
१४. Rusg Camp  तथा Via camp प्रत्येक महिना संचालन गरिएको ।
१५. नगर आपूर्ति केन्द्रमा आयुर्बेदिक औषधि उपलब्ध गराईरहेको ।
१६ नसर्ने रोग हा Blood pressure, sugar को औंषधी बर्ष भरी निःशुल्क  वितरण गरि रहेको ।
१७. प्रभावित क्षेत्रहरुमा Maleriya, TB को Screening Comp संचालन गरी पत्ता लागेका लाई उपचारमा ल्याएको ।
१८. प्रत्येकवर्ष महिला र पुरुषको लागी बन्ध्याकरण शिवीरको आयोजना ।
१९. अवकाश प्राप्त  स्वयंसेविका (Female Health volunteer) लाई५० हजारको दरले नगद तथा सम्मान कार्यक्रम ।
२० प्रत्येक म.स्व. से.लाई मासिक १००० बराबर यातायात खर्च दिईदै आएको।
२१. सिकलसेल एनेमिया screening शिविरको कार्यक्रमको आयोजना ।
२२. स्वास्थ्य बिमा गराउने लाई लाग्ने शुल्क पालिका बाट बेहोरिरहेको ।
२३.प्रत्येक वर्ष स्वा. संस्थाको समाजिक परिक्षण गर्ने गरिएको ।
२४ विशेषज्ञ स्वास्थ्य शिबिर संचालन प्रत्येक वर्ष गरिएको
२५ प्रत्येक वर्षमा आँखा शिवीर संचालन गरिसको
२५. कुपोषण पहिचानको लागी प्रत्येक बर्षमा Screening शिवीर संचालन गरिएको ।
२६. प्रयोगशालाहरुमा आवश्यक जनशक्तीहरु लाई परिचालन र औषधि उपचार , केमिकलको व्यावस्थापन गरिएको ।
१७. स्वास्थ्य सम्बन्धि बिभिन्न दिवस मनाई रहेको ।
२८. बीमा अन्तरगत मालाखेती अस्पतालमा वर्ष भरी निःशुल्क औषधि तथा बिभिन्न चेक जाँचको सुविधा प्रदान गरिएको ।
२९. २४ सै घण्टा मालाखेती अस्पतालमा चिकित्सक स्तर Emergency सेवा प्रदान गर्ने गरिएको ।
३०.आवश्यकता अनुसार स्वास्थ्य संस्थाको मर्म्मत संभारको काम गरिएको ।