स्वास्थ्य आपूर्ति प्रमुख अर्याललाई जिम्मेवारीबाट हटाउने निर्णय

Image
Nisarga Hospital

धनगढीः सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा निरज अर्याल जिम्मेवारीबाट मुक्त भएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार अर्याललाई जिम्मेवारीमुक्त गर्ने निर्णय गरेको सचिव शिवराम पोखरेलले जानकारी दिए।

CP Hospital Dhangadhi
Attariya Hospital

उनका अनुसार मुख्यमन्त्रीस्तरीय बैठकले अर्याललाई दोहोरो जिम्मेवारीबाट हटाएर दरबन्दी भएकै स्थानमा पठाउन सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो। प्रदेशका चार अस्पतालमा एकीकृत अस्पतालजन्य फोहोर व्यवस्थापन प्रणालीका लागि उपकरण खरिद प्रक्रियामा अनियमितताको आरोप सत्तापक्षीय सांसद्हरुले लगाएका छन्।
सामाजिक विकास मन्त्रालयले छानविन गर्दा कानुनसम्मत देखिएको प्रतिवेदन बुझाएको छ। अघिल्लो सरकारले नियुक्त गरेका कारण राजनीतिक रुपमा आफू अनुकुल व्यक्ति नियुक्त गर्न उनलाई हटाइएको बुझिएको छ।
सेती प्रादेशिक अस्पतालमा वरिष्ठ रेडियोलोजिष्ट पदमा कार्यरत अर्याल प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको निमित्त निर्देशकको जिम्मेवारीमा थिए। ३० फागुन २०७९ मा सामाजिक विकास मन्त्रालयले उनलाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको जिम्मेवारी दिएको थियो।

nawajiwan