प्रदेश सभा सदस्य मल्ल भन्छन्–“दिएको नगद फिर्ता नआउने प्रदेश सरकारका योजना वेवारिसे !”

Image
Nisarga Hospital

डोटी:सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गरेका योजनाको लागि विनियोजित बजेटबाट नगद फिर्ता नआउने भएकोले योजना वेवारिसे र अधुरै रहने गरेको सुदूरपश्चिम प्रदेश सभा सदस्य चक्र मल्लले आरोप लगाएका छन् ।

CP Hospital Dhangadhi

सुदूरपश्चिम प्रदेश सरकारले करिब दुइ वर्ष पहिले डोटीको पुज्य धर्मान्तक बृद्धाश्रमको भवन निर्माणका लागि रु.२० लाख छुट्याएकोमा सो भवन निर्माण अहिलेसम्म अलपत्र रहेको सन्दर्भ सहित प्रदेश सभा सदस्य मल्लले यस्तो प्रतिक्रिया दिएका हुन् ।
डोटीको दिपायल सिलगढी नगरपालिका ५ जिरो प्वाइन्ट नजिकै जग हालेर पिल्लर मात्रै ठड्याईएको वेवारिसे अवस्थाको निर्माणाधीन बृद्धाश्रम भवनसँग आफ्नो तस्विर सार्वजनिक गर्दै उनले व्यक्तिगत फेसबुकमार्फत यस्तो प्रतिक्रिया सार्वजनिक गरेका हुन् ।

प्रदेश सभामा प्रमूख प्रतिपक्षी दल रहेको नेकपा (एमाले) का डोटी जिल्ला अध्यक्ष समेत रहेका मल्लले लेखेका छन्–‘सत्ता र सरकारमा बस्नेहरुको लवाइखवाइ, बानी व्यवहार, घरको अवस्था व्यवस्था बदलिएको देखियो तर आम जनताको अवस्था व्यवस्थामा खासै बदलाव आएको देखिंदैन । असहाय, निमुखा, गरीब, भूमिहीन र व्यरोजगारहरुको अवस्था कहाली लाग्दो नै छ ।’
उनले थप लेखेका छन्–‘दिएको नगद फिर्ता नआउने ठाउँ भएकोले नै होला, प्रदेश सरकारको २ वर्ष अगाडि रु. २० लाख लगानी भै अहिले व्यवारिसे अवस्थामा रहेको डोटीको सिलगढीमा रहेको निर्माणाधीन बृद्धाश्रम भवन ।’

nawajiwan

यसको अर्थ प्रदेश सरकारमार्फत सञ्चालित योजनामा कमिशन नपाइने योजनाहरुले प्राथमिकता नपाउने र अधुरै रहने गरेको प्रदेश सभा सदस्य मल्लले संकेत गरेका हुन् ।

अघिल्लो कार्यकालमा एमाले नेतृ अर्चना गहतराज सुदूरपश्चिम प्रदेश अर्थ राज्यमन्त्री हुँदा बजेट सुनिश्चित गरी सामाजिक विकास मन्त्रालयमार्फत बृद्धाश्रमका लागि २० लाख बजेट विनियोजन गरिएको अर्थराज्यमन्त्री गहतराजका तत्कालिन स्वकीय सचिव तथा एमाले नेता डम्बर सिं डौडीले बताए ।

Attariya Hospital


भू–तथा जलाधार कार्यालय सिलगढीमार्फत सञ्चालित योजनाको २०७८ फाल्गुनमा बजेट आएको र २०७९ असार मसान्तभित्र काम सम्पन्न गरिसक्नुपर्ने अवस्था रहेकोमा जमीन सम्म्याउने देखि पिल्लर हालुन्जेल समय लागेपछि १४ लाख मात्रैको बिल उठेको र बाँकी रकम फ्रिज गएर काम हुन नसकेको बृद्धाश्रमका अध्यक्ष दिनेश रोकायाले बताए ।

विशुद्ध मानवीय सेवा भावले वि.सं.२०७५ सालमा स्थापित पुज्य धर्मान्तक बृद्धाश्रमको अधुरो भवनलाई पूरा गर्न क्रमागत योजनामा राखेर प्रदेश सरकारले सहयोग गरिदिन अध्यक्ष रोकायाले आग्रह गरेका छन् ।

एक रोपनी आफ्नै जमीनमा निर्माणाधीन ६ कोठे भवन निर्माण कार्य पूरा गर्न सबै सरोकारवाला पक्षबाट सहयोग आवश्यक रहेको उनले बताए ।

यसका साथै पछिल्लो समयमा कहिं कतैबाट सहयोग नपाएपछि हाल भाडामा सञ्चालित बृद्धाश्रमको करिब २ वर्षको भाडा तिर्न नसकिएको र बृद्धाश्रम व्यवस्थापनमा कठिनाई रहेको उनले गुनासो पोखे ।

हाल सो बृद्धाश्रममा ३ जना बृद्धहरु रहेका छन् ।