नेपाल रेडक्रस सोसाइटी बझाङको ४० औँ साधारण सभा सम्पन्न

Image
Nisarga Hospital

बझाङः नेपाल रेडक्रस सोसाइटी बझाङ जिल्ला शाखाको ४० औँ जिल्ला साधारण सभा सम्पन्न भएको छ । मानवीय सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाइ बिभिन्न तरीकाबाट सहयोग गर्ने व्यक्तिहरुलाइ र उत्कृष्ट कार्य गर्ने उपशाखालाइ सम्मान सहित कदर पत्र प्रदान गर्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले ४० औँ जिल्ला सभा सम्पन्न गरेको हो ।

CP Hospital Dhangadhi

साधारण सभामा नेपाल रेडक्रस सोासाइटीको सँस्थागत बिकासमा सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटीका पुर्ब सभापती लाल बहादुर खड्रकालाई दोसल्ला सहित कदर पत्र प्रदान गरीएको थियो भने नेपाल रेडक्रस सोसाइटीको भबन भबन बनाउन सहयोग गर्ने खप्तडछान्ना गाउपालिका,जयपृथ्बी नगरपालिका,साइपाल गाउपालिका,थलारा गाउपालिका, सुर्मा गाउपालिकालाइ सम्मान सहित कदर पत्र प्रदान गरीएको थियो ।

nawajiwan

यस्तै २०८० साल असोज १६ गते आएको भुकम्पका कारण प्रभाबित परीवारलाइ सहयोग गर्ने गरी उक्त शाखालाइ गैर खाद्य राहत सामग्री प्रदान गरी सहयोग गर्ने जयपृथ्बी नगरपालिका वडा नमबर २ मोर्तोलीका गणेश बहादुर खड्रका, वडा नम्बर ५ डिलका अभिषेक बहादुर सिह, वडा नमबर १० कुलाली गाउका नबराज जोशी लाइ सम्मान सहित कदर पत्र प्रदान गरीएको थियो । उक्त साधारण सभाको अबसरमा बार्षिक कार्यसम्पादन मूल्यांकनको आधारमा जिल्लाका १७ वटा उपशाखाहरु मध्य नेपाल रेडक्रस सोसाइटी उपशाखा लुयाटालाई उत्कृष्ट कार्य गरेको भन्दै पुरस्कार प्रदान गरीएको थियो ।

Attariya Hospital

उक्त नेरेसोले २०७९ साल फागुन देखी २०८० साल माघ महिना सम्म बिभिन्न बिपदका प्रभाबित तथा भुकम्प पिडित २४ सय ८७ परीवारहरुलाइ गैर खाद्य राहत सामग्री बितरण गरीएको र १ सय २५वटा अस्थायी आवास,शौचालय,खानेपानी ट्रयाङकि निर्माण र ४ सय जना युवायुवतीहरुलाइ बिभिन्न तालिम दिइएको नेरेसो जिल्ला शाखाका शाखा अधिकृत श्याम नेपालीले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी बझाङ जिल्ला शाखाका सभापति रामदत्त उपाध्यायको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समितीका प्रमुख नर बहादुर बोहरा रहनुभएको थियो भने बिशिष्ट अतिथीमा प्रमुख जिल्ला अधिकारी बिश्वामित्र कुइकेल र पुर्ब सभापति लाल बहादुर खड्रका रहनुभएको थियो । उक्त सभामा राजनितीदलका प्रतिनिधि, नेरेसो उपशाखा प्रमुख प्रतिनिधि,गैर सरकारी सँघसँस्थाका प्रमुख प्रतिनिधी, पत्रकार लगाएतको उपश्थिती रहेको थियो ।

साधारण सभामा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मन्त्री भक्त राज जोशीले साँगठनिक प्रतिबेदन प्रस्तुत गरीएको थियो भने कोषाध्यक्ष रमेश प्रकास उपाध्यायले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतिबेदनमा छलफल सहित सुझाबका साथ पास गरीएको थियो ।
मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, स्वयंसेवा, एकता र विश्व व्यापकता भन्ने आधारभूत सिद्धान्तहरु बोकेको रेडक्रसले सोही अनुसार समाजिक सेवा, आपत विपतमा कार्य गर्दै आइरहेको छ ।