लैङिक समानता तथा सामाजिक समावेशीकरण परामर्श कार्यशाला सम्पन्न

Image
Nisarga Hospital

हसुलियाः ११४औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बुधबार कैलारी गाउँपालिकाको हसुलियामा लैङिक समानता तथा सामाजिक समावेशीकरण परामर्श कार्यशाला सम्पन्न भएको छ ।

CP Hospital Dhangadhi

कैलारी गाउँपालिकाको आयोजना र यूएसएड जल जंगल कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा ‘महिलामा लगानीः सभ्य र समुन्न समाजको थालनी’ भन्ने मुल नाराको साथ लैङिक समानता तथा सामाजिक समावेशीकरण परामर्श कार्यशाला भएको हो ।

कैलारी गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उहाँ वनजंगल संरक्षणमा महिलाहरुको ठुलो हात रहेका तर लैङिक समानता तथा सामाजिक समावेशीकरणमा महिलाहरुलाई पछाडी पारेको बताउनु भयो । उहाँ भन्नु भयो, ‘महिला नेतृत्व सम्हालेका सामुदायिक वन प्रगती गरेको देखिन्छ । पारदर्शिता र सुशासन पनि हुन्छ तर अहिले पनि सामुदायिक वन उपभोक्ता समुहको कार्यसमिति गठन गर्नेबेला महिलालाई कोषाध्यक्ष या सदस्य पद दिने प्रचलन रहेको छ ।’ ग्रामीण क्षेत्रमा महिलाहरुलाई अहिले पनि काठ दाउरा, घाँस काटने, चुल्हाचौकामा सीमिति राख्दा महिलाहरु नेतृत्वमा पुग्ना नसकेको उपाध्यक्षले बताउनु भयो ।

कार्यक्रमको उदेश्य र यूएसएड जल जंगल कार्यक्रमबारे टिम लिडर भाष्कर भट्टराईले गरेका थिए । अन्तर्राष्ट्रिय महिला दिवसको महत्व र प्राकृतिक स्रोतमा महिला, दलित, जनजाती, अपाङता तथा लैङिक अल्पसंख्यक समुदायका पहुँच लगागत विषयबस्तुमा यूएसएड जल जंगल कार्यक्रमका सि. जेसी अधिकृत लोकबहादुर नेपालीले प्रस्तुतीकरण गरेका थिए ।


कार्यक्रममा सहजीकरण गर्दै कैलारी गाउँपालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख बालकुमारी चौधरी कैलारीमा यी सम्बन्धी कार्यक्रमका योजना र कार्य सम्पादन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सहभागीहरुको तर्फ बाट वडा नम्बर ५ का वडा अध्यक्ष विष्णु चौधरी, कार्यपालिका सदस्य सुनिला चौधरी, कौशी बोहरा, विष्णु चौधरी, चम्फा बोहरा, हिरा चौधरी, गीता चौधरी अहिलेको समस्या र वर्तमान अवस्था बारे आ आफना कुरा राख्नु भएको थियो । कुरा राख्नेहरुले महिलाहरु विभेदमा परेको र लैङिक समानता तथा सामाजिक समावेशीकरणा जोड दिनु भएको थियो ।