गोदावरी -१ को तल्लोचैतन्यपुरमा तटबन्धन कार्य अन्तिम चरणमा (भिडियो सहित)

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा न. १ को खैरानाखोलाको कटान क्षेत्र वडा नं १ तल्लो चैतन्यपुर टोलमा तटबन्धनको कार्य अन्तिम चरणमा पुगेको छ । गोदावरी नगरपालिकाद्वारा १२ लाख रकमबाट उक्त आयोजनाबाट सुरु गरिएको थियो ।

CP Hospital Dhangadhi

बर्सातको समयमा जमिन कटान गरी खोलामा पानीको बहाव बढ्दैजाने समस्या आउदै गरेकोले उक्त गाउँबस्तीमा बाढी पस्नबाट र जनतालाई बाढीबाट जोगाउनका लागि तटबन्धनका लागि ग्याविन जालीको काम केही दिन अगाढी देखि सुरु भएको थियो ।

nawajiwan
Attariya Hospital

यस क्षेत्रमाका बासिन्दाहरुका मागलाई सम्बोधन गर्ने गरी संचालित योजनाको काम ईस्टिमेट अनुसार दिगो बलियो र दिर्घायुका लागि कामको गुणस्तर छ की छैन भनि आज गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट सँगै वडा अध्यक्षको स्थलगत अनुगमन भएको छ ।

अनुगमनकै क्रममा यस ठाउँका जनताको माग अनुसार काम भएको र आगामी दिनमा यस क्षेत्रमा चाहिने तटबन्धन लगायत अन्य जनताका आवश्यकता पुरा गर्दै जाने जानकारी नगर प्रमुख बिरेन्द्र भट्टले बताए ।