
धनगढी ः धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको एरिस्टो ईंग्लिश बोर्डिङ स्कुलको बार्षिकोत्सवमा पुर्व बिद्यार्थी देखी समाजसेवीहरुलाई सम्मान गरिएको छ ।

स्कुलको ३१ औँ बार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा बिभिन्न ब्यक्तीहरुलाई सम्मान गरिएको हो । स्कुलले दृष्टी फाउण्डेशन नेपालीकी संचालिका कल्पना भट्ट, रक्तदाता तथा पत्रकार दिपक उपाध्याय, पुर्व शिक्षक भरत चन्दलाई सम्मान गरेको हो । 
यस्तै एरिस्टोमा माध्यमिक तह अध्यायन गरी हाल चिकित्सा क्षेत्रमा कार्यरत निशर्ग अस्पतालका डा।नविन ढुगांना, डा।रुपेस भण्डारी, डा।बिजय कार्की र डा।सर्मिलाई सम्मान गरिएको छ ।


बार्षिकोत्सवकै अवसरमा स्कुलकी संयोजक योगमाया देवी कुँवर, माबी संयोजक दीर्घ भण्डारी, एसइई २०७९ मा सुदूरपश्चिम प्रथम भएकी ग्यालेक्सी स्कुलकी छात्रा नितु बिष्ट, एरिस्टोकै शिक्षक मधु क्षेत्री, शुरज न्यौपाने, ललिता कुमारी रावत मण्डल, रजनिस कुमार दिक्षित सम्मानित भएका छन् ।
यस्तै उत्कृष्ट शिक्षक र कर्मचारीमा दर्शन थापा, मिना चौधरी, कलावती चौधरी र महेस बोहरा सम्मानित भएका छन् । स्कुलकी संस्थापक शान्ति अधिकारी क्षेत्रीको अध्यक्षतामा आयोजित बार्षिकोत्सव समारोहमा सुदूरपश्चिमका सभामुख भिमबहादुर भण्डारी प्रमुख अतिथि रहेका थिए ।































