गोदावरीमा संचालित उद्योगी संग नगरप्रमुख भट्टले गरे छलफल

Image
Nisarga Hospital

अत्तरियाः गोदावरी नगरपालिका भित्र संचालित उद्योगी तथा कलकारखाना सञ्चालन गरिरहेका व्यवसायीहरुसंग नगरपालिका प्रमुख विरेन्द्र भट्टले छलफल गरेका छन् ।

CP Hospital Dhangadhi

गोदावरी नगरपालिकालाई व्यवस्थित पालिका बनाउन नगरपालिकासंग आर्थिक अभाव भएकाले उद्योगी व्यवसायीहरुसंग नगरप्रमुख भट्टले उद्योगीहरुलाई सम्मान सँग सँगै छलफल गरेका हुन् । गोदावरी नगरपालिकालाई व्यवस्थित बनाई अत्तरिया–धनगढी ६ लेन सडकमा सडक बत्तीको काम केही दिनमा हुदै गर्दा बाकी रहेको कामका लागि गोदावरीको सिमा क्षेत्रमा तार जाली सङ्गै वृक्षारोपण गर्नका लागि उद्योगी व्यवसायीहरुसंग हातेमालो गर्न छलफल गरिएको नगरप्रमुख भट्टले बताए ।

nawajiwan

Attariya Hospital

उनले नगरपालिकासंग प्रयाप्त बजेट नभएकाले यस क्षेत्रमा सञ्चालित उद्योगीद्वारा विकास र समृद्धिको लागि हातेमालो गरेर अगाडि बढ्ने निर्णय भएको बताए । उद्योगी लाल बहादुर बोगटीको संयोजकत्वमा समिति गठन गरेर सहयोग गर्ने उद्योगी व्यवसायीहरुले प्रतिबद्धता जनाएका छन् ।

छलफलमा गोदावरी नगरपालिकामा संचालित लक्ष्मी कत्था उद्योग, सुदुर फुड बिस्कुट उद्योग, दिव्य रोजिन , अवस्थी फुड, भागेश्वर चिनी मिल लगायत उद्योगका सञ्चालक तथा प्रतिनिधि संग छलफल गरिएको छ ।